काठमाडौं, ४ कात्तिक । नेपाली संगीत दुनियाँमा ‘कालीकी गोरी’ आधुनिक गीति एल्बम लिएर डेब्यू गरेका राज राई वाम्बुलेको दोस्रो एल्वम पूर्वेली लोकदोहोरी एल्बम ‘फेसबुक’ बजारमा आएको छ । गीतसंगीतमा विगतदेखि निरन्तर लागि परेका गायक राजको यो दोस्रो एल्बम हो । उनी आधा दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।
सानै उमेरदेखि नै नेपाली संगीतलाई आफ्नो कर्म क्षेत्र बनाउँदै आएका गायक राजले अस्ताउँदै गरेको पूर्वेली लोकभाकालाई जगेर्ना गर्ने जमर्को गरेका छन् ।
भोजपुरकी सुनिता राईसँगको युगल गीति एल्बम फेसबुक म्युजिक भिडिओसहित बजारमा सार्वजनिक गरेका छन् । यो एल्बम पूर्वेली लोकभाकाको एक अंशका रुपमा बजारमा आएको छ । सो एल्बममा गायक राजको पहिलो लोकभाका हो भने गायिका सुनिताको डेब्यु एल्बम पनि हो । सिजन राई, सीता राई, दक्षा राई, सजु राई र गोपाल राईले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
एल्बमलाई बजारमा ल्याउँदै गायक राजले अस्ताउँदै गरेको पूर्वेली भाकालाई जगेर्ना गर्नका लागि आपूmले सकेजति काम गर्ने बताएका छन् । आपूm संगीतको विद्यार्थी भएको नाताले पूर्वेली भाका पछि पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । यसै क्रममा उनले थपे तिहारलगत्तै फेरि अर्को पूर्वेली लोक गीति एल्बम लिएर बजारमा आउनेछु ।
प्रतिक्रिया