प्रहरीलाई उन्मुक्ति घटना लुकाइयो

काभ्रे, ३ कात्तिक । गएको १ भदौमा रातको समयमा डिउटीमा रहेका प्रहरीले नै आपूmलाई कुटपिट गरी लुटेको भन्दै छानविन गर्न माग गरेका पीडितले प्रहरीले घटना ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन् । घटना भएको २ महिना पूरा हुँदासमेत घटनाको यथार्थता सार्वजनिक नगरेको उनीहरुको भनाइ छ ।

प्रहरीले नै कुटपिट गरी लुटेको भन्दै पीडित सुदिप हुमागाइँले घटनाको छानविन पूरा नगरी अनुसन्धान प्रतिवेदन प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलालाई बुझाएको भन्ने भनाइले आपूmलाई थप पीडित बनाएको बताएका छन् । डिएसपी नवीन राईले भने सो प्रतिवेदन माथिल्लो निकायलाई जिम्मा दिएको बताए ।

उनले प्रहरीले गाडीमा राखी बेहोस बनाएर आपूmसँग भएको नगद १ लाख रुपैयाँ लुटी अस्पतालमा उपचार गर्न लगेको भन्दै तत्कालीन पनौती प्रहरी इन्चार्ज सई सन्तोष कार्कीसहित डिउटीमा रहेका प्रहरीद्वारा लुटिएको आरोप लगाएका थिए । यस निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले डिएसपीसहितको नेतृत्वमा छानविन टोली बनेको थियो ।

छानविन टोलीले घटनाका पीडित भनिएका व्यक्तिले रक्सी सेवन गरी प्रहरीलाई आरोप लगाएको बताएका छन् । यसमा सबै अनुसन्धान प्रक्रिया पूरा गरेको बताउँदै प्रहरीले पैसा लुटेको न लुटेको बारेमा केही तथ्य बाहिर ल्याउने आधार नभेटेको टोलीको भनाइ छ ।

तर यस अघि प्रहरी प्रत्यक्ष सहभागी रहेर घटना भएको उनीहरुले जनाएका थिए । प्रहरीले बेवारिसे मान्छेलाई रेस्क्यु गरेको बताएका छन् । प्रहरीले पीडित सुदिपलाई लखेट्दा प्रहरी मनोज कुर्मीसमेत लडेर घाइते अवस्थामा भएको बताएका थिए । तर हाल प्रहरीले छानविन गरेको विषयमा मुख्य विषय नगद लुटेको बारे भने केही तथ्य बाहिर आउन नसक्नु रहस्यमय भएकोमा शंका उत्पन्न भएको स्थानीयवासीहरु बताउँछन् ।

प्रतिक्रिया