भोजपुरे आशाको किरण मनोज

mmmकाठमाडौं, २ कात्तिक । भोजपुरको धोदलेखानीमा जन्मेका मनोज थापा मगर विगत ७, ८ वर्षदेखि निरन्तर संगीतको यात्रामा अविचलित हिँडि रहेका यात्री हुन् । गाउँको भिर पाखामा ७, ८ वर्षको उमेर देखिनै गाउँदै नाच्दै हिँड्ने गरेका उनी पछिल्लो समयमा गीत संगीतको खेतिपातीमा लागेका छन् । भोजपुरमा जन्मेर स्थानीय कटुञ्जे माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका उनी विद्योदय उच्चमावि भोजपुरबाट प्लस टु सकेका इमान्दा विद्यार्थी हुँदा देखिनै विद्यालयहरुमा हुने कार्यक्रमहरुमा आफ्नो प्रतिभा सकुशल देखाइसकेका उनले जनता क्याम्पस इटहरीमा उच्च शिक्षा अध्ययनको बहानामा झरेपछि भने औपचारिक रुपमै संगीतमा प्रवेश गरेको बताए ।

भोजपुर कटुञ्जेका युवाहरुको स्थानीय कटुञ्जे युवा क्लबले वर्षेनी गर्दै आएको जिल्ला स्तरीय गायन प्रतिभामा ‘आशाको किरण’ ०६६ सालमा सर्वोउत्कृष्ट हुन सफल उनले आफुलाई त्यही कार्यक्रमले संगीतमा लाग्ने प्रेरणा दिएको बताएका छन् । त्यसबेला चलेको दिपक लिम्बुको ‘मान्छे मान्छे एउटै हो नी फरक किन हो’ बोलको गीत पहिलो पटक गाएको स्टेजमा सुनाउँदा निकै आनन्द लागेको उनले बताए ।

रातभरी रोए मत शित भरी रोए, आँशुलाई लुकाई परेलिमा प्रीतभरि रोएँ’ बोलको गीत रेकर्ड गरे गायन यात्रामा निस्केका उनी नमस्ते एफ इटहरीले गरेको ‘नमस्ते आइडल’मा उनी उत्कृष्ट गाएक हुन् । इटहरीमा पुर्वाञ्चल संगीत विद्यालयमा संगीतको सारेगमको अभ्यास प्रारम्भ गरेका उनले पछिल्लो पटक आफ्नो गीति एल्वम ‘प्रेमालय’को तयारी जुटिरहेको बताउँछन् । त्यही एल्वमका लागि तयारी पारिएको लब हुन्चिङको शब्दमा रहेको गीतलाई उनले भर्खरै भिडियोसहित सार्वजनिकसमेत गरिसकेका छन् । यस गीतमा उनलाई निखित थापाले गाउन साथ दिएकी छन् ।

गायनको अलवा मनोज मगर राम्रो शब्द लेखक तथा संगीत कम्पोजर पनि हुन् ।

उनको कम्पोजमा नेपालकै चर्चित गायाक गायीकहरुले समेत गीत गाइसकेका छन् । विशेष गरे मेलोडियस गीत गाउन रुचाउने उनले अर्का युवा गायक तथा मोडल प्रविण राई सँग मिले ‘वासाबी’ नामको ब्याण्ड नै चलाउँदै आएका छन् । भर्खरै रिलिज भएको ‘आइलभ यु वेवी’ बोलको गीतमा समेत मनोज र प्रविणकै स्वर रहेको छ ।

प्रतिक्रिया