काठमाडौं, १७ असोज । आगामी १ वैशाख अर्थात नयाँवर्षको दिन नायिका स्वस्तिमा खड्काद्वारा अभिनीत चलचित्र ‘लभ लभ लभ’ रिलिज हुने भएको छ । नयाँवर्ष कै दिन कमै मात्र नेपाली चलचित्रले रिलिजको अवसर पाउने गरेको भए पनि आउँदो नयाँवर्ष शुक्रबार नै परेपछि चलचित्रले प्रदर्शन मिति तोकेको हो ।
१ वैशाखमा यसै पनि नेपाली चलचित्रले राम्रो व्यापार गर्ने मितिको रूपमा हेरिन्छ । सफल निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ चलचित्र ‘लभ लभ लभ’को प्रदर्शन ०७४ सालको १ वैशाखलाई तोकेका छन् । लभस्टोरीको जगमा बनेको यो चलचित्रलाई दीपेन्द्र के खनालले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देशभक्त खनाल, रूपा खान, ए गुरुङ, आयन खड्का, गणेश हमाललगायत कलाकारको अभिनय छ ।
चलचित्रमा समावेश १ गीत मात्र खिच्न बाँकी रहेको निर्देशक खनालले बताए । २२ दिनमा चलचित्रको छायांकन सकिएको थियो । शर्मिला पाण्डेको लगानीमा तयार भएको यो चलचित्रलाई सुरज सिने आर्टस्को ब्यानरमा निर्माण गरिएको हो । निरज कँडेलले चलचित्र खिचेका हुन् ।
प्रतिक्रिया