पञ्चकन्या तेज र कलर्स एक्स फ्याक्टर्स उपाधिका लागि भिड्ने

epl-cricketकाठमाडौं, १६ असोज । एभरेष्ट प्रिमियर लिग(इपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि पञ्चकन्या तेज र कलर्स एक्स फ्याक्टर्स भिड्ने भएका छन् । शनिबार भएको दोस्रो खेलअन्र्तगत विशाल वारियर्स र कलर्स एक्स फ्याक्टर्सबीचको खेल वर्षाले रद्द भएपछि कलर्स फाइनल पुग्न सफल भयो । पञ्चकन्या भने यसअघि नै फाइनल पुगिसकेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कलर्स एक्स फ्याक्टर्सले ३.४ ओभरमा २ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल प्रभावित भयो । त्यसपछि दुवै टिमले एक–एक अंक हात पारेका थिए ।

यसअघि पनि विशाल वारियर्स र कान्तिपुर गुर्खाजबीचको समूह चरणको पहिलो खेल पनि पानीका कारण रोकिएको थियो । बराबरीपछि ७ अंकका साथ कलर्स लिग तालिकाको दोस्रो स्थानमा पुग्न सफल भयो । कलर्सले ३ खेल जित्यो भने एकमा हार र १ खेल वर्षाले प्रभावित भएर अंक बाँडियो । विशाल वारियर्सले ५ खेलमा ६ अंक जोड्दै तेस्रो स्थानमै सीमित रहेपछि फाइनल खेल्ने सपना खेल पूरा हुन सकेन । विशालले दुई जित र दुई बराबरी गरेको थियो । पाँचमा पाँचै खेल जितेको पञ्चकन्याले १० अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको थियो ।

शनिबार नै भएको पहिलो खेलमा जगदम्बा राइनोज विजयी भएको छ । जगदम्बाले सगरमाथा लिजेण्ड्सलाई ८ विकेटले हरायो । सगरमाथाले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य जगदम्बाले १७.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । जगदम्बाका सुबेन्दु पाण्डेले ५२ बलमा अविजित ७८ रनको योगदान दिए । कप्तान शक्ति गौचनले ३६ बलमा ३५ रन बनाए । सगरमाथाका सुनिल धमला र चन्द्र साउदले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १ सय २७ रन बनायो । उसका लागि महबुब आलमले ३० बलमा अविजित ४७ रन बनाए । आलमले ४ छक्का र ३ चौका प्रहार गरे । शंकर रानाले ३६ बलमा २७ रन जोडे । सन्दिप सुनारले १३ बलमा १३ तथा अनिल मण्डलले १२ बलमा १० रन बनाए । जगदम्बाका पवन शरार्फले तीन तथा शाह आलम र प्रेम तामाङले एक÷एक विकेट लिए । सगरमाथाले एउटा खेल पनि नजिती प्रतियोगिता टुंग्याएको छ । दुईखेल जितेको जगदम्बा तेस्रो तथा एक खेल पनि नजितेको सगरमाथा पुछारमा छ । पञ्चकन्या र कलर्सबीचको फाइनल खेल सोमबार साढे १२ बजे त्रिभुवन विश्वविद्यालय (टियू) खेल मैदानमै हुनेछ ।

प्रतिक्रिया