जशोदाको अनप्लगमा ‘सम्झनामा हरपल’

jashoda-copyकाठमाडौं, १४ असोज । पछिल्लो समय ‘कभर सङ’ गाउने चलन बढ्दै गएको छ । यु–ट्युबका भित्ता नेपाली म्युजिक भिडियो तथा कभर सङले रंगिरहेका बेला मीठो स्वरकी धनी गायिका जशोदा सुब्बाले भने एक ‘अनप्लग’ भिडियो प्रस्तुत गरेकी छन् । ‘सम्झनामा हरपल’ बोलको गीतलाई उनले ‘अनप्लग’मा गाएकी हुन् । जुन गीत उनले आफ्नै यु–ट्युब च्यानल ‘जशोदा सुब्बा’बाट रिजिल गरेकी छन् । ‘अनप्लग’मा गाएको भए पनि यस गीतमा जशोदाको स्वर निकै मिठास छ । केही दिनअघि मात्र यो ‘अनप्लग’ भिडियो रिलिज गरिएको हो । गीत रिलिज गरेपछि जशोदाले भनिन्, ‘आफ्नो यु–ट्युब च्यानल प्रमोसन गर्नका लागि यो अनप्लग गीत गाएकी हुँ ।’ हुन पनि नयाँ यु–ट्युब च्यानललाई अरूले गीत नदिँदा गायक÷गायिकाले यस्तै गरी अनप्लग तथा लिप्सिङ भिडियो बनाउँदै अपलोड गर्ने गरेका छन् । तर, जशोदाले भने केही समयपछि म्युजिक भिडियो नै बनाएर आफ्नो यु–ट्युब च्यानलमा अपलोड गर्ने बताइन् । जशोदाको यस ‘सम्झनामा हरपल’ बोलको अनप्लग गीतलाई पूर्वेली भाकाका चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सोले कम्पोजिसन गरेका हुन् भने प्रोडक्सन दर्पणले गरेका हुन् ।

गायिका जशोदाले आफ्नो अनप्लग गीतलाई हेरेर कमेन्ट गर्नसमेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया