प्रेमध्वजको स्वरमा ‘ती आँखामा को छ’

prem-dhoj-pradhanकाठमाडौं, १३ असोज । उमेरको हिसाबले ८०को हाराहारीमा पुगेका गायक प्रेमध्वज प्रधानको स्वरमा समावेश ‘ती आँखामा को छ’ गीत बजारमा आएको छ । गीतको सार्वजनिकीकरणसँगै अहिलेका पुस्तासँग गीत गाउन पाउँदा खुसी लागेको गायक प्रधानले बताए ।

सरल र मिठास गीत पाएमा आउँदो दिनमा पनि गीत रेकर्ड गराउने योजना उनको छ । यो गीतलाई डब्बु क्षेत्रीले रचना गरेका हुन् ।

प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाको स्वर यो गीतमा समावेश छ भने जुगल डंगोलले गीतमा संगीत दिएका छन् । गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । मोहनराज अधिकारीले निर्देशन गरेको भिडियोमा विकाश लामिछाने र बिनिता ओलीले मोडलिङ गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको यो गीतको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया