काठमाडौं, १३ असोज । ‘१४औँ मिस टिन नेपाल–२०१६’ को उपाधि काठमाडौंकी जस्मिन खड्काले जितेकी छन् । काठमाडौं जेसिसद्वारा कमलादी स्थित प्रज्ञा भवनमा मंगलबार आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस टिन नेपाल– २०१६ को उपाधि जितेकी हुन् ।
शीर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहारसमेत प्राप्त गरिन् । काठमाडौंकी १८ वषीर्या ऊर्जा नेवा ‘फस्ट रनर अप’ भइन् भने ऊर्जाले ‘मिस डिसिप्लिङ’ को उपाधिसमेत प्राप्त गरिन् । ‘सेकेन्ड रनर अप’को उपाधि १८ वर्षकी अनुष्का अधिकारीले हासिल गरिन् । अनुष्काले पनि उपाधिसँगै विभिन्न उपहार पाइन् ।
‘मिस फ्रेन्डसिप’को उपाधि अनु सुवेदीले पाइन् भने ‘मिस भिवर्स च्वाइस’को उपाधि रेजिना डिसीले हात पारिन् । ‘बेस्ट ड्रेस’को अवार्ड तृषा श्रेष्ठले जितिन् भने ‘मिस पर्सनालिटी’को अवार्ड प्रमु गुरुङले हात पारिन् । यस्तै ‘मिस पब्लिक च्वाइस’ को उपाधि ऋतिका शाक्य र ‘मिस ट्यालेन्ट’को उपाधि सृष्टी अधिकारीले प्राप्त गरिन् ।
प्रतिक्रिया