विस्थापित हुँदै भण्डारी गाउँ

kavreभोजपुर, १२ असोज । निरन्तर परेको पानीका कारण भोजपुरको पश्चिमी शिद्धेश्वर–८ भण्डारी गाउँका स्थानीयहरू विस्थापित भएका छन् । सदरमुकामबाट पश्चिममा पर्ने यसक्षेत्रमा विगत ०१८ सालबाट पहिरो जान थालेको पहिरोले वर्षेनि ठूलो क्षति पु¥याउँदै आएको छ ।

६५ वर्ष अगाडिबाट सुरु भएको पहिरो पछिल्लो समय ०४५, ०५८ ,०६३ सालमा गएको थियो । दलदले बगुवा माटो भएको यस गाउँमा १० वर्षपछि यसपटक सम्ममा २२ परिवारको ८ सय रोपनीभन्दा बढी जमिन पहिरोले कटान गरिसकेको गाविस सचिव राजनकुमार कार्कीेले जानकारी दिए । पहिरोले स्थानीयको खेतीयोग्य जमिनसमेत लगेसँगै पहिरोका कारण १२ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । विस्थापित हुनेमा डिल्लिबहादुर विक, भरत बस्नेत, रामबहादुर नेपाली, लालबहादुर नेपाली, चन्द्रबहादुर विक, लोकबहादुर पाण्डे, भूपिलाल पाण्डे, जमानसिंह भण्डारी, गोठी बस्नेत, पोखरेल बाहुन र सेरबहादुर सार्की रहेको स्थानीय दिर्पबहादुर बस्नेतले जानकारी दिए ।

पहिरोका कारण ९ घरसहित जाल्पा प्राथमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा रहेको र गाउँ नै विस्थापित हुने गरी पहिरो जाँदासमेत सरोकारवाला निकाय मौन रहेको स्थानीय मिलन भण्डारीले बताए । निरन्तर पहिरो बगिरहेको र स्थानीयहरू विस्थापित हुने अवस्थामा पुगेकाले सोमबार गाविस कार्यालयसहित स्थानीय राजनीतिक दल, प्रहरी तथा स्थानीयद्वारा अनुगमन गरिएको छ । अनुगमन गर्दा तत्काल १२ घरलाई अन्यत्र सार्नुपर्ने अवस्थामा रहेको गाविसले जनाएको छ ।

गाविसले पुनर्बास तथा राहतको लागि केही गर्नसक्ने अवस्था नरहेको समेत गाविसले जानकारी दिएको छ । विस्थापित तथा अन्य पीडितलाई राहत तथा पुनस्र्थापना लागि जिल्लाको सम्बन्धित निकायसँग समन्वय गर्नका लागि मिलन भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत सोमबार गठन गरिएको छ । समितिले मंगलबार जिल्ला प्रशासन, जिविस र रेडक्रस कार्यालयमा राहतको माग गरेका छन् । जिविसमा पहिरो अनुगमनका लागि उच्चस्तरीय प्राविधिक टोलीको माग राख्दै स्थानीयहरू जिविस पुगे पनि उच्चस्तरीय अनुगमनका लागि भू–गर्वविद् नै चाहिने भएकोले तत्काल पुनर्बासको लागि पालको व्यवस्था गरिने जिविसले जनाएको छ । पहिरोका कारण गाविसको बजेटबाट खनिएको कृषि सडकसमेत पहिरोले लगेको गाविससचिव राजनकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया