काठमाडौ, १२ असोज । पछिल्लो समय आधुनिक गायनमा संघर्षरत गायिका तायाहाङमा राईको ‘हरेक दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वप्निल लिम्बूको शब्द रहेको गीतमा दिनेश सुब्बाको संगीत समावेश रहेको छ । गीतलाई किरण कडेलले एरेञ्ज गरेका हुन् ।
प्रशन्न पौडेलले अमेरिकामा सुटिङ गरेको भिडियोमा युवा र युवतीबीचको प्रेमलाई कथाको रूपमा प्रस्तुत गरेका छन् । हाल बजारमा आएका म्युजिक भिडियो भन्दा केही फरक लाग्ने म्युजिक भिडियो फिल्मीशैलीमा बनेको छ । म्युजिक भिडियोमा मोडल विवेक र सीमाको रोमान्स भरपुर रहेको छ । निर्देशक प्रशन्नले नै खिचेको म्युजिक भिडियोलाई अहिलेका चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
तायाहाङमा केही समय अगाडि दोस्रो एल्बम ‘तराना’ लिएर दर्शकमाझ आएकी थिइन् । नेपाली संगीत क्षेत्रमा ८ वर्षको अनुभवसँगै, डा. किरातसँग औपचारिक रूपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछि गायिका तायाहाङमा राईले एल्बम ल्याएकी हुन् । गायिका तायाहाङमा राई केही समय अगाडी कन्र्सटका लागि कोरिया र हङकङ पुगेर आएकी थिइन् ।
प्रतिक्रिया