गायिकाबाट मोडेल मिलन

milan-amatya-videoकाठमाडौं, १२ असोज । गायिका मिलन आमात्य अब मोडेलका रूपमा समेत चिनिने भएकी छन् । देशदेखि विदेशसम्म आयोजना हुने सांकृतिक कार्यक्रममा मिलनले आफ्नो स्वरको जादु पस्किसकेकी छन् । अब, उनै मिलनलाई नृत्य गर्दै गरेको अवस्थामा दर्शकले देख्ने भएका हुन् ।

केही समय अगाडिदेखि मिलनले आफ्नो शरीरको वजन घटाइरहेकी थिइन् । शरीरको वजन घटाएर स्लिम बन्न गायिकालाई किन आवश्यकता प¥यो भन्ने चर्चा पनि चलेको थियो । मिलनले अब एक भिडियोमा आफैँ मोडलिङ गरेर स्लिम बन्नुको कारण प्रष्ट पारेकी छिन् । ‘मन’ एल्बममा समावेश ‘लठ्ठै बनायो’ बोलको गीतमा मिलनले मोडल पुष्प खड्कासँग मोडलिङ गरेकी छिन् । गीतमा मिलन निकै स्लिम र आकर्षक फिगरका साथ देखिएकी छन् ।

हरि लम्सालको संगीत रहेको गीतमा दीलिप पियाको शब्द छ । यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा मिलनले नृत्य गरेकी छन् भने मोडल पुष्पसँग रोमान्टिक दृश्य दिएकी छन् । दर्शक, फिल्मीकर्मीदेखि सांगीतिक क्षेत्रका मानिसका लागि मिलनको यो अवतार नौलो हो ।

प्रतिक्रिया