काठमाडौं, ११ असोज । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारदेखि ९ देशका ३७ कलाकारका ६० भन्दा बढी कलाकृृतिको प्रदर्शनी सुरु भएको छ । जरा फाउन्डेसनको आयोनामा ‘क्रिएटिभ ब्रिज’ शीर्षकको प्रदर्शनीको उद्घाटन नेपालका लागि म्यानमारका राजदूत यु ल्वीन ऊ ले गरे । उद्घाटनसँगै उनले नेपाल सांस्कृतिक रूपले धनी देश भएको बताउँदै प्रदर्शनीले विभिन्न देशबाट आएका कलाकार र कलाले सांस्कृतिक सम्बन्ध जोड्नमा महत्वपूर्ण सघाउ पुग्ने बताए ।
कलाकार तथा समीक्षक रमेश खनालले प्रदर्शनीमा राखिएका कलाकृतिले कलाकारबीचको सम्बन्ध अझै प्रगाढ हुने विचार राखे । यस्तै, भारतबाट कलाकारको नेतृत्व गर्दै आएका लिफलेड च्यारिटेबल ट्रस्टका प्रमुख शक्ति शर्माले नेपालमा यसरी ९ देशका कलाकार जमघट भएर कला उत्सव हुनुले कला तथा सांस्कृतिक सम्बन्धमा निकै अर्थ राख्ने बताए भने रुट बंगलादेशका अध्यक्ष शेली सेन गुप्ताले प्रदर्शनीले भावनात्मक रूपमा सबैलाई नजिक ल्याउन सघाउ पु¥याएको धारणा राखिन् ।
कला र संस्कृतिका माध्यमबाट विश्वका विभिन्न स्थानमा नेपाली कला र साहित्यको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा नेपालबाट कलाकार रमेश खनाल, देवेन्द्र थुम्केली, एससी सुमन, अजीत साह, सुष्मा राजभण्डारी, छितेन शेर्पा, केशव राज खनाल, राज श्रेष्ठ, राजकुमार रानामगर, नरेन्द्रबहादुर श्रेष्ठ, लालकाजी लामा, नगेन्द्रप्रसाद पौड्याल, हरिबहादुर खड्का, गणेशकुमार जिसी, भानु भटट्राई, अनीता खनाल सहभागी छन् ।
बंगलादेशबाट कृष्णा चट्टोपाध्याय र महमुद तयाबुज्जामन खान तोपु, जर्मनीबाट पिटर हेर्गेट, र कथरिना पालमन, थाइल्याण्डबाट सरोज अनन्त आयुर्पन र तनुपन इन अन, भुटानबाट पेमा ग्याल्छेन, चीनबाट मि ली, दक्षिण कोरियाबाट हान कब सु, बर्माबाट सन्तोष अधिकारी र भारतबाट सुरज सुनवार, कौशिक घोष, सौरभ बनर्जी, प्रिती दास, मनोज पाउल, हितेश दास, अजय कुमार सरकार, डोना सरकार र स्वपन बर्मन रहेका छन् । प्रदर्शनी ३ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया