मुस्ताङ, ६ असोज । मुस्ताङकै एक मात्र बृहत् खेलकुद एवं ४६ वर्ष पुरानो थाक खेलकुद महोत्सव तथा च्याम्पियनसिप बुधबारबाट सुरु भएको छ । पहिलो दिन भएको पुरुष भलिबल खेलमा ताग्लुङले कोबाङलाई ३–२ को सेटले पराजित ग¥यो । ताग्लुङले रोमाञ्चक जित निकाल्ने क्रममा पहिलो २ सेट २१–२५ र २१–२५ ले गुमाएको थियो ।
कोबाङको जितका लागि १ सेट आवश्यक परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै ताग्लुङले अन्तिम ३ सेटमा २५–१३, २६–२४ र १५–१० ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अर्को खेलमा जोमसोमले टुकुचेलाई ३–० को सोझो सेटमा हरायो । जोमसोमले टुकुचेलाई २५–१७, २६–२४ र २५–१९ को सोझो सेटमा स्तब्ध पा¥यो । लिगकम नकआउटमा भएको पुरुषतर्फ ८ टिम र महिलामा ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ सिक्स सोल्टी युवा घासा, अन्नपुर्ण युवा क्लब ताग्लुङ, निर्मल स्पोर्टिङ क्लब लेते, धौलागिरि युवा क्लब कोबाङ, निलगिरि युवा क्लब टुकुचे, जनकल्याण युवा क्लब जोमसोम, जनहित युवा क्लब स्याङ र मिलिजुली युवा क्लब मार्फाको टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ घासा, ताग्लुङ, लेते, कोबाङ र टुकुचेका टिमले एकआपसमा चुनौती पेस गर्नेछन् ।
महोत्सवअन्तर्गत बुधबार धनुषवाण प्रतियोगिता हुनेछ । धनुषवाणमा कुल ९ टिमको सहभागिता रहने आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष प्रेमप्रसाद तुलाचनले बताए । उक्त महोत्सवमा मुस्ताङको संस्कृति झल्कने किसिमको नृत्य र आफैँले रचना गरेको संगीत प्रतियोगिता, मिस मुस्ताङ र कृषि प्रदर्शनीसमेत रहेको आयोजका अध्यक्ष तुलाचनले बताए ।
प्रतियोगिताको वाणिज्यमन्त्री रोमि गौचन थकाली, संसद् सदस्य महेन्द्र सेरचन र आयोजकका अध्यक्ष प्रेमप्रसाद गौचनले संयुक्त रूपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर महोत्सवको उदघाटन गरेका थिए । स्थानीय खेलकुदमार्पmत राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन र थाक संस्कृति जर्गेनाको उद्देश्यसाथ भएको महोत्वसमा मुस्ताङवासीको सांस्कृतिक पहिचान झल्काउने किसिमको झाँकी तथा आकर्षक मार्चपास र अन्य गतिविधिका साथमा कार्यक्रमको शानदार उद्घाटन गरिएको थियो ।
कार्यक्रममा मुस्ताङ जिल्ला जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, उच्चपदस्थ कर्मचारीलगायत मुस्ताङका राजनीतिक दल तथा अन्य सामाजिक अगुवाहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन भएको थियो । सो अवसरमा खेलकुद तथा समाजिक कार्यमा उल्लेखनीय योगदान पु¥याएका मुस्ताङका जयन्द्रलाल थकालीलाई सम्मान गरिएको थियो । उनलाई वाणिज्यमन्त्री रोमी थकालीले सम्मानपत्रद्वारा सम्मान गरे । सभासद् महेन्द्र शेरचनले समाजसेवी इन्द्रधारा विष्टलाई खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरेका थिए ।
स्थानीय संस्कृति झल्काउने झाँकी तथा आकर्षक मार्चपास र अन्य गतिविधिका साथमा कार्यक्रमको शानदार उद्घाटन गरिएको थियो । जिल्लाका उच्चपदस्थ कर्मचारीलगायत मुस्ताङका राजनीतिक दल तथा अन्य सामाजिक अगुवाहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्म्पन भएको थियो । विगत ४६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगिता कोवाङको प्रतिष्ठाका रूपमा स्थापित भएको छ भने पछिल्ला वर्षहरूमा राष्ट्रिय महत्वको प्रतियोतिगाको रूपमा समेत स्थापित हुँदै गएको छ । स्थानीय संस्कृति र खेलकुदको संगमको रूपमा रहेको महत्वसवमा स्थानीय युवा क्लबहरूको सहभागिता उल्लेख्यनीय रहेको छ । मुस्ताङका स्थानीय संस्थामा आवद्ध ८ टिम सधैँजस्तै नियमित रहँदा अप्पर मुस्ताङ र मुक्तिनाथ २ क्लबले पनि सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
प्रतिक्रिया