पाँचथर, १६ जेठ । अनेम संघ पाँचथरको छैटौँ अधिवेशनबाट पुनः सीता आचार्य अध्यक्षमा निर्वाचित भएकी छन् । शनिबार भएको अधिवेशनले ३१ सदस्य जिल्लाकार्यसमिति सर्व सहमतिमा चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा मुना नेम्बाङ र रमा खवासलाई छानेको छ । सचिवमा इन्दिरा देउराली कार्यालय सचिवमा सरस्वती राई चुनिए भने कोषाध्यक्षमा तारा लुइँटेल छानिएको छ ।
त्यस्तै सदस्यहरूमा नरमाया रिमाल, गीता खत्री, धनमाया गौतम, कौशिला आङदेम्बे, सीता भण्डारी, कमला शंकर, योगमाया दाहाल, चित्रकला घिमिरे, जीवनकला गुरागाइँ, कल्पना पोड्तेल, जेन्जो लिम्बू, नैनकला अधिकारी, गंगामाया विश्वकर्मा, ललिता लावती, पवित्रा कटेल, लक्ष्मी कोइराला र निशा थापा सर्वसहमतिमा निर्वाचित भएका छन् ।
कार्यक्रमलाइ अनेमसंघ केन्द्रीय सचिव मेनुका काफ्लेले उद्घाटन गरेकी हुन । उद्घाटन सत्रलाई राष्ट्रिय जन सांस्कृतिक महासंघका कोषाध्यक्ष भूमिका सुब्बाले गीतको प्रस्तुतिसहित शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी, सचिव तिवेन्द्र चापागार्इं, युवासंघ केन्द्रीय सदस्य नरबहादूर गूरुङ, एमाले जिल्लाकार्यकर्ता भवानी लिङदेन, धनकुमार फियाक, प्रेसचौतारी जिल्ला अध्यक्ष तुलसी थापा, फिदिम एमाले नगर कमिटी अध्यक्ष पृथ्वी लावती, अनेमसंघ मेची अञ्चल इन्चार्ज शूभलक्ष्मी राईलगायतले बोलेका थिए ।
प्रतिक्रिया