उदयपुर, १३ जेठ । जिल्लामा क्रियाशील १ गैर सरकारी संस्थाले मुटुरोगी १ युवतीलाई आर्थिक सहयोग गरेको छ । मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरन्डेक) ले मुटुरोगी जिल्लाकै कटुन्जेबबला–९ की १९ वर्षीया अमृता राईलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
हुरन्डेकका अध्यक्ष दुर्गाकुमार थापा स्वस्तिकले आज १ समारोहबीच मुटुकी बिरामी राईकी आफन्त पदम कटुवालाई ३८ हजार ८ शय रुपैयाँ प्रदान गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा हुरन्डेकका अध्यक्ष दुर्गाकुमार थापाले कोरिया दोलखा सम्पर्क मञ्चबाट प्राप्त २० हजार र अन्य सहयोगदाताबाट बाँकी रकम संकलन गरिएको जानकारी दिए ।
सहयोग रकम प्रदान गर्दै थापाले हुरन्डेक उदयपुर अविछिन्न रूपमा मानवीय सेवामा तत्पर रहेको उल्लेख गर्दै पीडितको सहयोगमा सहभागी प्रति कृतज्ञता प्रदान गरे । कमजोर आर्थिक अवस्था भएका राई ६ महिना अघिदेखि मुटुका दुवै भल्भ प्वाल परी बिरामी परेकी थिइन् । उनीको हाल गंगालाल हृदय रोग अस्पताल काठमाडांैमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया