इलाम, १४ जेठ । इलाममा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा प्रहरी सहायक निरीक्षकसहित ४ जना घाइते भएका छन् । बिहान साढे ६ बजे सूर्याेदय नगरपालिका–११ स्थित मेची राजमार्गमा मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी सहायक निरीक्षक नीलबहादुर गिरीसहित २ जना घाइते भएका छन् ।
त्यस्तै सोही दुर्घटनामा परी अर्का मोटरसाइकलचालक झापा बाहुनडाँगी–४ का २६ वर्षीय डेलो मगरसमेत सामान्य घाइते भएका छन् । उनीहरू दुवैलाई उपचारका लागि झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यसैगरी पौने ७ बजे इलाम नगरपालिका ६ मेची राजमार्ग ट्याक्टरको ठक्करबाट मोटरसाइकलका चालकसहित २ जना घाइते भएका छन् ।
झापातर्फ जाँदै गरेको मे ५ प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ त ३६०५ नम्बरको ट्रले ठक्कर दिँदा मोटरसाइकलका इलाम–३ का ६८ वर्षीय शिव गौतम र सोही ठाउँका ३६ वर्षीय रुपलाल नेपाली घाइते भएका हुन् । गौतमको बायाँ खुट्टा भाँचिएको छ । उनीहरू दुवैको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया