एमेच्योर आर्चरी शनिबार

काठमाडौं । इन्डोर स्पोर्ट्स एरिना (आइएसए) को आयोजनामा प्रथम एमेच्योर आर्चरी प्रतियोगिता शनिबार हुने भएको छ । ठमेलस्थित जिएए हलमा हुने १ दिने प्रतियोगितामा करिब ४० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक नवाङ निमा लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

रिकर्भ बो व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सहभागी खेलाडीले पहिले क्वालिफाइङ चरणमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा शीर्ष १६ स्थानमा रहने खेलाडी नकआउट चरणमा प्रवेश गर्नेछन् । १२ मिटर दुरीमा प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ८ हजार र ३ हजार नगद पुरस्कार हात पार्नेछन् । (सौस)

प्रतिक्रिया