काठमाडौं, १३ जेठ । वरिष्ठ संगीतकार अम्बर गुरुङलाई ‘श्री सर्वज्ञान विष्णुदेवी संस्कृति पुरस्कार’ प्रदान गरिएको छ । श्री भैरव सांस्कृतिक संरक्षण समिति, पोखराद्वारा बुधबार राजधानीको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले ७० हजार रूपैयाँ नगद र सम्मानपत्र हस्तान्तरण गरे ।
समारोहमा उपराष्ट्रपति पुनले ‘नौ लाख तारा उदाए’ जस्ता गीतबाट जातीय जागरणको शंखनाद् गर्ने गायकका रूपमा, ‘रातो र चन्द्र सूर्य’बाट राष्ट्रिय चेतनाको बिगुल फुक्ने संगीतकारका रूपमा र ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला’ भनेर प्रणय राग छेड्ने कुशल गीतकारका रूपमा स्रोताहरूको मनमा अमिट छाप बस्नुका साथै संघीय गणतन्त्र नेपालको राष्ट्रिय गानको संगीत रचनाका माध्यमबाट नयाँ नेपालको निर्माणमा दिएको योगदानको कदर सधैँ हुने बताए ।
प्रतिक्रिया