रेडियो सगरमाथा आफ्नै भवनमा

/]l8of] ;u/dfyf cfOtaf/b]lv cfˆg} ejgdf ;~rfng . blIf0f Pl;of s} klxnf] ;fd'bflos PkmPd /]l8of] ;u/dfyfsf] gofF ejgdf  cGtjf{tfsf ;fy ;'?jft ul/Fb} . tl:a/ M eLid/fh cf]emf, /f;;

काठमाडौं, ९ जेठ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)द्वारा सञ्चालित दक्षिण एसियाकै पहिलो सामुदायिक एफएम ‘रेडियो सगरमाथा’ आइतदेखि आफ्नै नयाँ भवनमा सञ्चालनमा आएको छ ।

रेडियोको २०औँ वार्षिकोत्सवका आवसरमा रेडियोको कार्य सञ्चालन भूकम्प प्रतिरोधी नयाँ भवन सुरु गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले रेडियो पत्रकारिताका क्षेत्रमा रेडियो सगरमाथाले नेपालमा मात्र नभई दक्षिण एसियामा नै योगदान पु¥याएको बताए ।

नेफेजका पूर्वअध्यक्ष भैरव रिसालले रेडियोले अझै धेरै काम गर्न बाँकी रहेको र यो नयाँ ढंगबाट अघि बढ्नुपर्ने धारणा राखे । स्थापनाकालदेखि नै रेडियो सगरमाथामा योगदान पु¥याउँदै आएका पत्रकार रघु मैनालीले रेडियो सगरमाथाको स्थापनाले नै हाल मुलुकभर करिब २ सय ५० सामुदायिक एफएम रेडियो स्थापना गर्न योगदान पुगेको जिकिर गरे ।

कार्यक्रममा नेफेजका पूर्वअध्यक्षद्वय राजेन्द्र दाहाल र मुरारी शिवाकोटी, महासचिव निमेष रेग्मी, प्रथम स्टेसन मेनेजर विनोद भट्टराई, रेडियोका निमित्त स्टेसन मेनेजर सरोज काफ्लेलगायतले रेडियो सगरमाथामा आगामी दिनमा पहिल्याउनुपर्ने मार्गका बारेमा आ–आफ्ना सुझाव राखेका थिए ।

रेडियो सगरमाथा १ सय २ थोप्लो ४ मेगाहर्ज २०५४ साल ९ जेठदेखि सञ्चालनमा आएको हो । रेडियोका उपकरणसहित नयाँ भवन कुल ४२ लाख रुपैयाँमा निर्माण भएको नेफेजले जनाएको छ ।

प्रतिक्रिया