युट्युबमा हिट ‘वडा नम्बर ६’

youtubeकाठमाडौं, ६ जेठ । गतवर्ष रिलिज भएको उज्ज्वल घिमिरे निर्देशित ‘वडा नम्बर ६’ युट्युबमा पनि हिट दरिएको छ । युट्युबमा अपलोड भएको २४ घन्टामा फिल्म ४ लाखपटक हेरिसकिएको छ । यसअघि कुनै पनि नेपाली फिल्मले यस्तो आँकडा पार नगरेको बताइन्छ ।

यस फिल्मको ‘सुर्के थैली’ बोलको गीत पनि युट्युबमा भाइरल बनेको थियो । उक्त गीतलाई हालसम्म ७६ लाखपटक हेरिएको छ जुन नेपाली गीतका हिसाबले सबैभन्दा बढी र कीर्तिमानी हो । अधिकांश टेलिभिजनका चर्चित हास्य कलाकारहरूले अभिनय गरेका छन् ।

फिल्ममा दीपकराज गिरी दीपाश्री निरौला, जितु नेपाल, प्रियंका कार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राई आदिको अभिनय रहेको छ । ‘वडा नम्बर ६’ निर्माण गरेको समूहले निर्माण गरेको तेस्रो फिल्म ‘६क्का पञ्जा’ भदौ २४ गते रिलिज हुँदै छ । फिल्मबाट दिपाश्री निरौला निर्देशकका रूपमा डेब्यू गर्दैछिन् ।

प्रतिक्रिया