१० पार्टीबीच एकता, नयाँ पार्टी घोषणा : नेकपा (माओवादी केन्द्र)

Dffcf]jfbL Pstf M Pdfcf]jfbL ;lxt !) j6f dfcf]jfbLx? ljr ePsf] Pstf kl5sf] gof kf6L{ g]skf dfcf]jfbL s]Gb|sf] 3f]if0ff kl5 xft p7fP/ Pstfsf] ob3f]if ub}{ g]tfx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं, ६ जेठ । एकीकृत नेकपा (माओवादी) अब नेकपा (माओवादी केन्द्र) बनेको छ । बिहीबार १० पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको यस्तो राखिएको हो । एकता घोषणासभापछि नयाँ पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राखिएको हो । माओवादी केन्द्रको केन्द्रीय समिति ६ सय ९९ रहेको घोषणा गरिएको छ । पुष्पकमल दाहाल नेतृत्वको सो नयाँ पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति संख्या त्यति भएको घोषणा गरिएको हो ।

‘अहिलेलाई ६ सय ९९ भनिएको छ, त्यो ७ सय पनि हुन सक्छ तर यही वर्षको अन्त्यमा महाधिवेशन गरेर जानेछौँ,’ अध्यक्ष पुष्पकमल दाहालले भने । तर, उक्त केन्द्रीय समितिमा को–को परे, त्यसको भने घोषणासभामा खुलाइएन । यति धेरै ठूलो संख्यामा राजनीतिक पार्टीको केन्द्रीय समिति बनेको नेपालमा पहिलो र एक मात्र घटना हो । जानकारीहरू यो संख्या विश्वकै लागि पनि सम्भवतः पहिलो भएको बताउँछन् ।

शान्ति प्रक्रियामा आउँदा माओवादीको ३५ सदस्य केन्द्रीय समिति थियो । त्यसपछि विभिन्न चरण फुट र क्षय हुँदै आएको माओवादीको केन्द्रीय समिति बिहीबारसम्म आइपुग्दा यति धेरै संख्याको बनेको हो । बिहीबारको संयुक्त एकता अधिवेशनले राजनीतिक प्रतिवेदन र अन्तरिम विधान पारित गरेको छ । तर, अध्यक्षमा दाहाललाई चयन गर्दै उक्त पार्टीले बाँकी सबैलाई केन्द्रीय आयोजक समितिको हैसियतमा राखेको छ ।

सबै पार्टीका स्थायी समिति सदस्य सचिवालय सदस्य हुने र ९ गते बस्ने आयोजक समितिको पूर्ण बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ । उक्त पदाधिकारी पनि जम्बो बन्ने र नेपालको इतिहासमा सबैभन्दा ठूलो पदाधिकारीको रेकर्ड राख्नेछ ।

सो पार्टीका केन्द्रीय सदस्य लोचन केसीका अनुसार बिहीबार भएको बन्द सत्रले उपाध्यक्ष र महासचिव पनि टुंगो लगाइसकेको छ । उनका अनुसार उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र महासचिवमा रामबहादुर थापालाई चयन गरिएको छ । केसीका अनुसार माओवादी केन्द्रको आइतबार बस्ने केन्द्रीय समितिले ५ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ । बिहीबारको बन्दसत्रसम्म भने माओवादी केन्द्रको केन्द्रीय समिति ३ सय ८९ सदस्य मात्रै छ ।

‘आन्तरिक तयारीका लागि समय कम भएकाले केन्द्रीय समितिको विवरण सार्वजनिक गर्न सकिएन,’ उनले भने, ‘आइतबारको बैठकले केन्द्रीय समितिलाई ५ सय ९९ सदस्यीय बनाउनेछ र बाँकी स्थानमा निकट भविष्यमै अन्य पार्टीसँग हुने एकतापछि पूरा गरिनेछ ।’

केसीका अनुसार आगामी बैठकले ७५ पोलिट ब्युरो चयन गर्नेछ । त्यसैगरी उपमहासचिवमा कृष्णबहादुर महरालाई र सचिवहरूमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, पम्फा भुसाल र देव गुरुङलाई चयन गरिने सम्भावना रहेको समेत केसीले बताए ।

हाल एमाओवादी केन्द्रको एमाओवादीबाट २ सय १८, क्रान्तिकारी माओवादीबाट १ सय २५, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट १५, मातृका यादव नेतृत्वको नेकपा (माओवादी)बाट १९, नेकपा (माओवादी विद्रोही)बाट ७, नेकपा (फुर्पा–अनिल समूह)बाट २, गौरवशाली पार्टीबाट १, नयाँ शक्तिबाट आएका ३८ जनाबाट १, जयपुरी घर्ती १ गरी ३ सय ८९ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

संयुक्त घोषणासभाबाट नवनिर्वाचित अध्यक्ष दाहालले माओवादी एकताले राष्ट्रिय एकता बलियो भएको जनाउँदै संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर बाँकी उपलब्धिका लागि संघर्ष गर्ने जनाएका छन् । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै दाहालले भने, ‘हिजो जनसत्ताको प्रमुखको हैसियतमा हजारौँ निर्देशनमा बलिदानी दिएका छन्, अहिले नयाँ शक्ति भन्दै बुर्जुवालाई च्यापेर अर्को स्थानमा गए भनेर मुक्त हुन पाउनु हुन्न, फर्केर यतै आउनुहोस् ।’ उनले वैद्यलाई पनि पार्टी एकीकरणमा आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया