काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल बुद्ध दर्शनको उद्गमस्थल भएको बताए । गौतम बुद्धको जन्मजयन्ती मनाउने तयारीमा रहेको वेला मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।
सोमबार र काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री पोखरेलले नेपाल भगवान गौतम बुद्धको जन्मथलो मात्र नभएर बुद्ध दर्शनको उद्गमथलो भएको बताए । मन्त्री पोखरेलले भने, ‘सरकारले २५६०औँ बुद्धजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गर्न लागे र उक्त गोष्ठीले नेपालको लुम्बिनी र कपिलबस्तु बुद्धदर्शनको उद्गम थलो भएको प्रमाणित गर्नेछ ।’
मन्त्री पोखरेलले थपे, ‘बुद्ध धर्मका तीन सम्प्रादाय नेपालमै विकास भएको र सिदार्थ गौतमले दरबार, परिवार र श्रीपेच एकैपटक त्यागेर कठिन तपस्या नगरेको भए बुद्ध्रत्व प्राप्त गर्न सम्भव थिएन । राजकीय सुखसयल त्यागेर उनले गरेका तपस्या र ज्ञान विश्वकै लागि अनुकरणीय छ ।’
आगामी ६ र ७ जेठमा काठमाडौंमा बुद्ध दर्शनसम्बन्धी गोष्ठीको आयोजना हुँदैछ । त्यसैगरी ८ जेठमा लुम्बिनीमा बुद्धजयन्ती समारोह हुनेसमेत उक्त अब सरकार जानकारी गराइयो । उक्त सम्मेलनमा विभिन्न देशका संस्कृतिमन्त्री र २१ मुलुुकका भिक्षुहरू आउने छन् । गोष्ठीमा बुद्ध दर्शनसम्बधी वृहत छलफल हुनेसमेत जनाइएको छ ।
सोही कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा मन्त्री पोखरेलले मधेसवादी दललाई लक्षित गर्दै सिमाको विषयलाई लिएर सिहदरवार घेर्नुको कुनै औचित्य नभएको बताए ।
प्रतिक्रिया