नेपाल भलिबल सघंको अधिवेसन सम्पन्न : सबै पद निर्विरोध

volleyball sangha nirbirodकाठमाडौं, १ बैशाख । नेपाल भलिबल सघंको अध्यक्षमा मनोरन्जन रमन शर्माको नेतृत्वमा २५ सदस्य केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको छ । बुद्धनगरस्थित क्वालिटि ब्याङकेटमा भएको ७औँ साधारणसभाबाट उपाध्यक्षहरू यामबहादुर गुरुङ, उपेन्द्रकुमार यादव, निरोज मास्के, ऐनबहादुर शाही र हरकसिंह धामी निर्विरोध निर्वाचित भए ।

संघकोे महासचिवको जिम्मेवारी पुनः जितेन्द्रबहादुर चन्दले पाएका छन् । त्यस्तै ७ सचिवमा नेपाली राष्ट्रिय भलिबल टोलीका सहायक प्रशिक्षकसमेत रहेका जगदिश भट्ट, श्यामकृष्ण श्रेष्ठ, मनवीर छन्त्याल, रामनाथ भण्डारी, भीम ओली, डम्बरबहादुर नेपाली र मदन खड्का निर्विरोध चयन भएका छन् । कोषाध्यक्षमा सुन केशरी माली निर्विरोध चयन भइन् ।

सघंको सदस्यमा गौतमप्रसाद लासिभा, गणेश ठगुन्ना, ज्योती केसी, राजकुमार गुरुङ, श्रीधर शर्मा, सोमबहादुर श्रेष्ठ, जुनू पुन मगर, दिपक जिएम, किशोरकुमार आचार्य र मोहम्मद फिरोज चयन भए । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पाले निर्वाचित भएको प्रमाणपत्र बितरण गरे । त्यस्तै राखेपका वरिष्ट अधिकृत प्रमुख निर्वाचन अधिकृत डेमवहादुर बस्नेतले पद तथा गोपनियताको सपथ गराएका थिए ।

सो अवसरमा रोखपका उपाध्यक्ष एवं नेपाल ओलम्पीक कमिटीका महासचिव लामा टेन्डि शेर्पाले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भलिबल विकाशका लागि उत्कृष्ट योगदान गर्न सल्लाह दिए । कार्यक्रममा सघंका नवनिर्वाचित अध्यक्ष शर्माले भलिबल खेलको थप विकासका लागि आफ्नो नेतृत्वमा रहेको कमिटीले हरेक तवरबाट उत्कृष्ट काम गरेर देखाउने बताए ।

शर्माले जूनियरस्तरबाट खेलाडी उत्पादन नहुँदा भलिबलमा समस्या हुने अवस्था आएको बताउँदै भने, ‘हाम्रो पहिलो प्रथामिकता जुनियर प्रतियोगितामा रहन्छ । उनले थपे खेलाडीहरूको अन्तराष्ट्रिय सहभागीता र तालिममा पनि हामी केन्द्रित रहनेछौँ ।’

प्रतिक्रिया