काठमाडौं, १ जेठ । युग पाठकद्वारा लिखित नाटक ‘यूमा’ आगामी ७ जेठदेखि मण्डला थिएटरमा प्रदर्शन हुने भएको छ । नाटकलाई यूवा रंगकर्मी अभिनेत्री तथा नायिका सिर्जना सुब्बाले निर्देशन गर्दै आएकी छन् ।
नेपाली रंगमञ्चमा छुट्टै पहिचान बनाइसकेकी नायिका तथा अभिनेत्री सिर्जना करिब २० वटा नाटक तथा आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी कलाकार हुन् । माइला डट कम, चरणदास चोर, डिग्री माइला, मितज्यूलगायत उनका सफल र चर्चित नाटक हुन् भने लुट, नतिजा, डाइङ क्यान्डलजस्ता चलचित्रमा पनि उनले अभिनय गरेकी छिन् ।
उनको यो डेब्यु निर्देशन हो । पाठकको नाटक ‘युमा’लाई सिर्जनाले उचित न्याय दिनेगरी निर्देशन गर्ने बताएकी छन् । अनामनगरस्थित मण्डला थिएटरमा उनले डाइलग र फिलिंस् दोहो¥याएर सिकाइरहेको छिन् । युमामा सिर्जना आफैँले पनि अभिनय गरेकी छिन् ।
युमामा सिर्जनासँगै पशुपति राई, अंकित खड्का, जीवन भट्टराई, केनिपा सिंह, सुलक्षण भारती, रेनु कार्की, बिनिता गुरुङ, रञ्जना ओलीलगायतले अभिनय गर्दैछन् । उनले सक्दो मेहनत गरेकी छिन् । यस नाटकबाट उनलाई आउँदा दिनमा प्रेरणा मिल्नेछ । नाटकलाई माया गर्ने दर्शकलाई उनको आग्रह छ, ‘नाटकघरसम्म आएर सुझाव, सल्लाह र हौसला दिनुहोला ।’ खासगरी महिला दर्शक पनि आएर नाटकको समीक्षा गरिदिन उनले आग्रह गरेकी छिन् ।
प्रतिक्रिया