भ¥याङ नाट्य समूहलाई बिदाई

खोटाङ, १ जेठ । खोटाङका विभिन्न गाउँ तथा विद्यालयहरूमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको भ¥याङ नाट्य समूहलाई बिदाई गरिएको छ । वैदेशिक रोजगारसम्बन्धी सचेतना फैलाउन सडक नाटक ‘अरबको व्यथा’ प्रदर्शन गरेका टोलीलाई बालसेवा समाज नेपालले हालै बिदाई गरेको हो । सुरक्षित आप्रवासन परियोजना सामी र बाल सेवा समाज नेपाल नेर्पाको साझेदारीमा सञ्चालित विद्यालय तथा आम सञ्चार कार्यक्रमअन्र्तगत जिल्लाका ३० गाउँ तथा सदरमुकाम दिक्तेलका विभिन्न स्थानमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको थियो ।

दिक्तेलस्थित बालसेवा समाज नेपालको कार्यक्रम हलमा आयोजित बिदाई कार्यक्रममा संस्था तथा परियोजनाका तर्फबाट कलाकारहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरिएको थियो । सूचनाका लागि सञ्चारका पहुँच नपुगेका जिल्लाका विकट गाविसहरूमा सडक नाटकमार्फत सचेतना फैलाउने उद्देश्यले जिल्लाका दक्षिणी गाविसबाट प्रदर्शनी सुरु गरिएको थियो ।

सडक नाटकमा विदेश जाँदा सुरक्षित हुन अपनाउनुपर्ने प्रक्रिया, अप्ठ्यारोमा पर्दा पाइने सहयोग र सिप तालिमजस्ता विषयलाई जोड दिइएको विद्यालय तथा आम सञ्चार कार्यक्रमका संयोजक लोकमणि रिजालले जानकारी दिए ।

यस कार्यक्रम अन्तर्गतकै गाइनेका गीतमार्फत सचेतना जगाउने ‘गन्धर्व गीतियात्रा’ पनि गाउँगाउँमा पु¥याई गन्धर्वहरूलाई बिदाई गरिएको थियो ।

प्रतिक्रिया