काठमाडौं, ३१ वैशाख । १३ नेपालीसहित २७ आरोहीले शुक्रबार सगरमाथाको सफल आरोहण गरेका छन् । मध्याह्नसम्म १४ विदेशी र १३ नेपालीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि बिहीबार ३ नेपाली र ३ विदेशी तथा बुधबार ३ शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यसरी ३ दिनमा ४२ आरोहीले सगरमाथा आरोहण गरेका छन् । अहिले धेरै आरोही समूह क्याम्प ४ नजिक पुगेको र शनिबारसम्म धेरै संख्यामा सगरमाथाको चुुचुरामा पुग्ने विभागले जनाएको छ ।
पर्वतारोहण शाखाको तथ्यांककाअनुसार वसन्त ऋतुको यस मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका १ हजार ४ सय ३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् ।
प्रतिक्रिया