काभ्रे, ३० वैशाख । काभ्रेका भूकम्पपीडितलाई पछिल्लो समय पार्टीगत रूपमा विभाजन गराउन थालिएको छ । काभ्रे कांग्रेसले भूकम्पपीडितलाई च्याप्दै राजनीति गर्न थालेको हो । पीडितको नाममा काभ्रे कांग्रेसको आयोजनामा भूकम्पपीडितले विभेदकारी सरकारी भूमीकाविरुद्ध ¥याली र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
उनीहरूले काभ्रेमा पुनर्निर्माण काम ढिला र तथ्यांक संकलनमा विभेद गरेको भन्दै बुधबार ¥यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो । भूकम्पपीडितलाई अविलम्ब अनुदान वितरण गरी आवास निर्माण गर्ने काममा तदारुकतासाथ जुटनु माग गर्दै उनीहरूले सत्ताधारी दलहरू सत्ता स्वार्थमा मात्र केन्द्रित रहेको र आस्थाको आधारमा भूकम्पपीडितको तथ्यांक संकलन गरिएको उनीहरूले आरोप लगाए ।
१ वर्ष वितिसक्दा पनि यस सरकारले अघिल्लो सरकारले घोषणा गरेको २ लाख अनुदानको पहिलो किस्तासमेत वितरण गर्न माग गदै कांग्रेस काभ्रेले सिडिओलाई ज्ञापनपत्र बुझाएको नेपाली काग्रेस काभ्रेका सचिव दिनेश लामाले जानकारी दिए । ¥यालीमा नेपाली कांग्रेसका जिल्ला सभापती मधु आर्चाय र सांसदद्वय कञ्चनचन्द्र बादे, तिर्थ लामाको नेतृत्वमा काभ्रेका भूकम्पपीडितले सहभागी थिए । कांग्रेसले भूकम्पपीडितको पीडामा साथ दिन यस्तो कार्यक्रमको आयोजना गरेको बताएको छ ।
प्रतिक्रिया