अपराधसम्बन्धी बेसलाइन सर्भेक्षण सार्वजनिक

k|ltj]bg ;fj{hlgs sfg'g, Gofo tyf ;+;bLo dfldnf dGqfnon] laxLaf/ cfof]hgf u/]sf]  ck/fw;DaGwL j];nfOg ;e]{If0f k|ltj]bg–@)&@Ú ;fj{hlgs ub}{ sfd' k|wfgGofofwLz ;'zLnf sfsL{ / sfg'g, Gofo tyf ;+;bLo dfldnf dGqL clUgk|;fb v/]n . tl:a/ M sflnsf v8sf, /f;;

काठमाडौं, ३० वैशाख । अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले तयार पारिएको ‘अपराधसम्बन्धी बेसलाइन सर्भेक्षण प्रतिवेदन–२०७२’ बिहीबार सार्वजनिक गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार काठमाडौं आयोजना गरेको कार्यक्रममा कामु प्रधानन्यायाधीश सुशीला कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संयुक्त रुपमा उक्त प्रतिवेदन सार्वजनिक गरिन् ।

कामु प्रधानन्यायाधीश कार्कीले अपराध नियन्त्रणका लागि सर्वोक्षण प्रतिवेदन महत्वपूर्ण भएको र समाजका ससाना कुराले ज्यानै लिनेजस्ता भयावह कार्य रोकिनुपर्ने बताइन् । उनले समाजमा शिक्षाको कमी र गरिबीका कारण अपराधका घटना मौँलाउँदै गएकाले त्यसलाई कम गर्न प्रतिवेदन उपयोगी हुने विचार व्यक्त गरिन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले न्यायपूर्ण समाज निर्माणका लागि अपराधसम्बन्धी प्रतिवेदन उपयोगी हुने भन्दै प्रविधिको विकाससँगै समाजमा अपराधको तरिकासमेत फरकफरक भएको र त्यसलाई रोक्नुपर्ने आवश्यकता औँल्याए । अपराधसँग गरिबी गाँसिएको प्रतिवेदनले देखाएको भन्दै उनले गरिबी निवारण गरी फौजदारी न्याय प्रणाली सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

महान्यायाधिवक्ता हरि फुयाँलले बजेट र स्रोतको कमीका कारण फौजदारी अपराधसम्बन्धी सही रुपमा अध्ययन÷अनुसन्धान हुन नसकेको विचार राखे । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्यलले अपराधको पक्षको पक्षमा अनुसन्धान खासै हुने नगरेको हुनाले प्रहरीलाई अनुसन्धानका लागि प्रतिवेदन उपयोगी हुने बताए ।

मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेले बेसलाइन सर्वेक्षणबारे जानकारी गराउँदै हिमाल, पहाड र तराईको मिलाएर १० जिल्लाका ४ हजार ५ सय घरपरिवारलाई सर्वेक्षणमा सहभागी गराइएको जानकारी दिए । प्रतिवेदनमा गरिबीका कारण समाजमा अपराध बढिरहेको र त्यसको प्रत्यक्ष प्रभाव महिला र बालबालिकालाई हुने गरेको उल्लेख छ ।

प्रतिक्रिया