पाँचथर । युवा संघ नेपाल जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष बाबा मेनेङबोको अग्रसरतामा पाँचथरको चोकमागुमा भएको आगलागिका पीडितका लागि राहत वितरण गरिएको छ । संघका पदाधिकारीबीचमा संकलन गरिएको १५ हजार मूल्य बराबरका सामग्री वितरण गरिएको युवासंघका सचिव लीलाराज तुम्बापोले जानकारी दिए ।
बुधबार जिल्ला अध्यक्ष बाबा मेनेङबोसहितको टोलीले पीडितको घरमै पुगेर चामल, दाल, लत्ताकपडासहितका समग्री प्रदान गरेको हो । राहत टोलीले प्रतिपरिवार १/१ बोरा चामल, २/२ किलो दाल, ३/३ जोर कपडालगायतका सामग्री प्रदान गरेको थियो ।
टोलीले फिदिम नगरपालिका ६ का तिलचन नेपाल, हरिलाल घिमिरे, देवी भण्डारी, सन्तोष राई, लक्ष्मी अधिकारी र जयनारायण अधिकारीलाई सामग्री प्रदान गरेको हो । (सौस)
प्रतिक्रिया