काठमाडौं, २७ वैशाख । नेपालमा आफ्नो छुट्टै परिचय स्थापना गरिसकेको नेपथ्य ब्यान्डले ‘फेरि उठ्नेछ नेपाल’ अभियानको दोस्रो शृंखला जावलाखेल मैदानमा गर्ने भएको छ । सबै उमेर समूहका संगीत प्रेमीलाई एकै ठाउँमा उभ्याउने गरी मे १४, २०१६ का दिन ब्यान्डले जाउलाखेल ग्राउन्डमा प्रत्यक्ष प्रस्तुति प्रस्तुत गर्ने जनाएको हो ।
ब्यान्डवागन वाई पोजेटिब भाइव नामक कार्यक्रम व्यवस्थापक कम्पनीद्वारा व्यवस्थापन गरिएको उक्त लाइफ कन्सर्ट, बाल संरक्षण नेपाल, वर्क फर अ कज नेपाल, सानो पाइला, व्हिल, ऐश्वर्या बाल गृह तथा रेजअफ होप नेपालजस्ता गैर सरकारी संस्थाको संयोजनमा हुन लागेको जनाइएको छ । नेपालमा गतवर्ष आएकोे विनासकारी भूकम्प प्रताडित बनेका र सहयोगबाट वञ्चित रहेका जनसमूहलाई सहयोग गर्ने र सान्त्वना दिने उद्देश्यले यस लाइभ कन्सर्टको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । अघिल्लो वर्ष सुरु भएको ‘कोकाकोला फेरि उठ्नेछ नेपाल’ अभियान कै निरन्तरताका रूपमा रहेको यो दोस्रो सांगीतक प्रस्तुति हो ।
सांगीतिक कार्यक्रमले विगत १ वर्षदेखि दुःखमा रहेका जनतालाई खुसी र उत्साहले भरिपूर्ण वातावरण प्रदान गर्नेछ । अन्योलपूर्ण स्थितिमा पनि नेपालीले देखाएको अदम्य साहस र सकारात्मक विचारबाट प्रभावित भएर कोकाकोलाले जनतालाई राष्ट्रको पुनर्निमार्णमा एकजुट हुन हौसला दिने उद्देश्यका साथ यस अभियान र यससँग सम्बन्धित नेमोनिक, गीत र म्युजिक भिडियो लन्च गरेको थियो । कन्सर्टका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका कन्ट्री च्यानल र मार्केटिङ मेनेजर आनन्द रत्नपार्खीले संगीतको जादू पैmँलाउँदै नेपालका जनतासँग पुनः एकपटक जोडिँदै गतवर्ष भोगेका दुःखलाई बिर्सेर अघि बढ्ने अठोटमा हौसला थप्ने जमर्को गरेको बताएका छन् । उक्त कन्सर्ट मुख्य उद्देश्य भनेकै समाजको उन्नत विकासको लागि आवश्यक अर्थ संकलन गर्नु रहेको छ ।
सन् १९९० मा दीपक राना (हाल चपर पाइलट) भीम पुनः (हाल हङकङमा स्थापित) र अमृत गुरुङ मिलेर सुरुआत गरेको नेपथ्य ब्यान्डले नेपालका धेरै संगीतकारलाई मञ्च प्रदान गरेको छ । अहिलेसम्म २१ जना सदस्यहरू यसको हिस्सा भई गइसकेका छन् तर नेपथ्य ब्यान्ड र यसको चर्चा प्रतिभाशाली संगीतकारहरूका लागि सफलताको सिँढी बनेको छ । जहाँ नेपालमा संगीत एउटा टिकाउ पेसा बन्न सकेको छैन, संगीतकारहरूबाट लामो प्रतिबद्धता प्राप्त गर्न अत्यन्तै दुर्लभ रहेको छ ।
अमृत गुरुङ नेपथ्य ब्यान्डको अभिभावक, अगुवा र वर्तमान अवस्थामा लिड भोकलिस्ट रहेका छन् । अहिलेसम्म ८ एल्बम निकालिसकेको नेपथ्यले ९० दशकको सुरुआति ‘छेक्यो छेक्यो’ देखि ९० को मध्यतिरको ‘जोमसोमै बजार, २००१ को रेसम र २००३ को भेँडाको ऊनजस्तोसम्म आइपुग्दा बजारमा आफ्नो वर्चश्व कायमै राखेको थियो ।
प्रतिक्रिया