निःशस्त्रीकरणमा सहयोग गर्ने उनको प्रतिवद्धता

Kim-Jong-Un copyप्योङयाङ, २६ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले आपूmले निःशस्त्रीकरणका लागि संसारमा नै प्रयत्न गर्ने धारणा सार्वजनिक गरेका छन् । गएको जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गर्दै सो धारणा राखेका हुन् ।

‘एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवाररूपले संसारमा नै निःशस्त्रीकरणका लागि प्रयत्न गर्ने नै छ,’ उनले भने, ‘आणविक अप्रसार सन्धीको पालनका साथै यस सन्धीको इमानदार प्रयोगमा पनि उत्तर कोरियाले प्रयत्न गर्नेछ ।’ कोरियाको सत्तारूढ दल वक्र्स पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उनले यस्तो धारणा राखेका हुन् ।

आणविक परीक्षणका कारण निकै विवादमा तानिएको भनिएको कोरियाको उक्त कदमको संसारमा नै विरोध भइरहेको भए पनि उनले यो पहिलोपटक यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले आफ्नो देशले यस्तो क्षेप्यास्त्र परीक्षणको काम अरू कसैको खतराका लागि गरेको नभई आफ्नो देशविरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा गरिएको बताए । नेता किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकैपटक गरिरहेको जानकारी पनि सो सम्बोधनका क्रममा भनेका छन् ।

अहिलेको अवस्थामा र क्रान्तिकारी कारणले गर्दा देशमा आर्थिक विकासलाई पनि साथसाथै अघि बढाउन सजिलो नभए पनि त्यसो गर्नुपरेको उनको भनाइ छ । उनले सम्बोधनका क्रममा देशको आर्थिक विकासलाई अघि बढाउन आफ्नो पार्टीले कडा परिश्रम गरिरहेको बताएका छन् । यसैबीच सोही सम्बोधनका क्रममा नै उनले राष्ट्रिय पुनःएकीकरण आफ्नो पार्टीको पहिलो एजेन्डा भएको धारणा राखेका छन् । उनले राष्ट्रियरूपमा पुनःएकीकरणका लागि बहस चलाउने र त्यसका लागि आवश्यकता बोध गराउने काम आफ्नो पार्टीले गर्ने स्पष्ट बताएका छन् । यसका लागि दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने उनले व्यक्त गरेको विचारमा उल्लेख छ ।

राष्ट्रियरूपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूतरूपमा नै बलियोसँग अघि बढाइने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो सम्बोधनमा भने, ‘दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रूपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात पैmलाउन पनि सक्नुपर्छ ।’ उनले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रूपमा नै लिइएको छ । साथै उनले दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवं अरू धेरै किसिमका बाधा व्यवधानलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरूलाई बिर्सेर व्यावहारिकरूपमा सम्बन्ध सुधारको मार्गमा लाग्न पनि आग्रह गरेका छन् । उनले सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिएमा यसले आगामी दिनमा सबैका लागि सहज हुने पनि बताएका छन् ।

दुवै देशका सबै तहमा वार्ता र सहमतिको वातावरणले नै दुवैतर्फको समृद्धिमा सहयोग पुग्ने भन्दै नेता किमले सार्थक वार्ताका माध्यमबाट नै सबै पक्ष सहमतिमा पुग्न सकिने बताएका छन् ।

प्रतिक्रिया