मोदीजी हाम्रो देशतिर नहेर्नुहोस् : बिजुक्छे

narayan-man-Bijukche copyकाठमाडौं, २४ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको ससाना मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका छन् । नेपाल मजदुर किसान पार्टी कालिकोटको नवौँ जिल्ला अधिवशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष बिजुक्छेले नेपालको हरेक मामिलामा भारतले हस्तक्षेप गरेको त्यस मामिलामा मोदी सरकार झन् बढी आक्रमक रूपमा आएको बताउँदै नेपालमा हरेक मामिलामा भारतले हस्तक्षेप गर्नु उपयुक्त कदम नभएको बताए ।

भारतमा अहिले पनि कराडौं मानिस भोकमरी चपेटामा परेको, त्यस्तै हत्या हिंसा बलत्कारका घटना बढ्दै गएको भारतीय जनताको जनजीवन निकै कष्टकर रहेमा भारतीय प्रधानमन्त्रीले त्यसमा ध्यान नदिएर नेपालको आन्तरिक मामिला हस्तक्षेप नगर्न अध्यक्ष बिजुच्छे बताए । ‘मोदीजी हाम्रो देशतिर नहेर्नुहोस्,’ उनले भने, ‘आफ्नो देशमा के भइरहेको छ । त्यतातिर ध्यान दिनुस् ।’

भारतीय शासकहरूले नेपालको नदीनाला मात्रा नहेरेको र नेपाललाई पूरा खान खाजेको अध्यक्ष बिजुच्छे बताए । ‘नेपाललाई अहिले पनि भारत सिक्किमीकरण गर्न खाजेको छ,’ उनले भने, ‘कदापी नेपाल सिक्किम हुनसक्दैन ।’

नेपालमा विदेशीहरूले लगानी गर्नुको एउटा मात्र उद्देश्य कसरी नेपाललाई आफ्नो पक्षमा पार्ने रहेकोले त्यसमा कसैले पनि नलाग्न उनले आग्रह गरे । अध्यक्ष बिजुच्छे नेपाल बलियो राष्ट्र बनाउने हो भने नेपालको आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने बताए । ‘अरूको नुन खाएमा अरूको सेवा गर्नुपर्छ ।’ उनले भने, ‘आन्तरिक अर्थतन्त्र बलियो भयो भने मात्र देश बलियो हुन्छ ।’

भारतीय जिएमआर कम्पनीले नेपालको ठूला राजनीतिक दलहरूलाई किनेको, माथिल्लो कर्णाली परियोजना नेपाली जनताले नै बनाउन सक्ने विदेशी लगानीमा भरपर्न नहुने, त्यसले नेपालमाथिको नै ठूलो हस्तक्षेप रहेको अध्यक्ष बिजुच्छेले बताए । ‘भारतीय कम्पनी जिएमआरले केही नेपाली नेता किनिएका छन्,’ उनले भने, ‘यो नेपाली लगानीमा नै बनाउन सकिने थियो ।’

प्रतिक्रिया