आस्थाको ‘परिवर्तनशील छ समय’ बजारमा

aastha rawot copyकाठमाडौं, २३ वैशाख । ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’जस्ता गीतबाट चर्चित गायिका आस्था राउतको नयाँ गीत ‘परिवर्तनशील छ समय’ सार्वजनिक भएको छ । गीतमा शलिल सुवेदी र मानव सुवेदीको शब्द छ भने मानव सुवेदीले नै संगीत तयार पारेका हुन् ।

हाललाई भिडियो सार्वजनिक नभएको गीतको लिरिकल भिडियो तयार पारिएको छ । जसमा राजेन्द्र सापकोटाको फोटोग्राफी निर्देशन रहेको छ । गायिका राउतको जन्मदिवसको अवसरमा सार्वजनिक गीतको लिरिकल भिडियोको सुरुवातीमा लेखिएको छ, ‘भूगोलभित्रका मनहरु गुराँस बनेर मुस्कुराउन त खोजेकै हुन् तर घुम्दै गर्ने समयले हजारौंको आँशु बनेर झारिदयो त कहिले मुख थुनेर मौनतालाई गिज्याइरह्यो । इतिहासका कोठामा थुनिएको वास्तविकता समयले शब्द बनी पोखिरहेको हुन्छ । यो मातृभूमिमा पाइला टेक्ने हामी नेपाली अनि समयले परिवर्तन गरेको हाम्रो मनोविज्ञान । हिमालका फेद हुँदै हरिया पहाडका टाकुरा र तराईका समतल फाँटहरुमा बस्ने सबै नेपाली मनहरुलाई समर्पित रहेको उनले बताएकी छन् ।

प्रतिक्रिया