देशलाई स्थिरतातर्फ अघि बढाऔँ ः झलनाथ

JN_fine copyकाठमाडौं, २२ वैशाख । एमाले वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउने विषयमा सबैले सोच्नु जरुरी रहेको बताउँदै विकास निर्माणका लागि पनि सकारात्मक वातावरण बनाउन जोड दिएका छन् ।

बुधबारको संसद् बैठकमा बोल्दै उनले नयाँ सरकार बन्ने, पुरानो सरकार जाने संसद्को सामान्य प्रक्रिया भएकाले त्यसमा नअल्झिइकन मुलुकलाई अगाडि बढाउनुपर्ने तथा ऐतिहासिक दायित्वलाई पूरा गर्न संविधान कार्यान्वन गर्न पनि सबै दलको सार्थक प्रयास हुनुपर्ने बताए । उनले भने, ‘हामीले चाल्ने कदम राष्ट्रिय सहमतितर्फ केन्द्रित हुनुपर्छ । ०६२÷६३ सालको जनान्दोलनपछि नै सुरु भएको राष्ट्रिय सहमतिको प्रक्रिया अगाडि बढेको हो । सहमतिका साथ अगाडि बढ्दा ठुल्ठूला प्रगति हुन सकेको छ । त्यसले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ।’

संविधान कार्यान्वयन गर्नु अगावै फरक फरक तवरले सोचियो भने त्यसले मुलुकलाई नै घाटा पु¥याउने भएकाले त्यस्तो गलत काम नगर्न उनले सबैलाई सचेत गराए ।

प्रतिक्रिया