कोटेश्वरमा इन्स्पेक्टर फेरिए

काठमाडौं, १८ वैशाख । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रहरी निरीक्षक उद्धवसिंह भाटको ठाउँमा प्रहरी निरीक्षक राजेन्द्र प्रसाद पराजुली आएका छन् । यसअघि प्रहरी नायब निरीक्षक (सई) को दरबन्दी रहेको स्थानमा ५ महिना अगाडि भाट पहिलो पटक दरबन्दी नै लिएर आएका थिए ।

सामुदायिक सेवा तथा विकास समाज एवं सामुदायिक प्रहरी सेवा कोटेश्वरद्वारा संयुक्त रूपमा स्वागत तथा बिदाइ कार्यक्रमको आयोजना गरी नयाँ इञ्चार्ज पराजुलीलाई स्वागत तथा भाटलाई बिदाइ गरिएको थियो । कार्यक्रममा सामुदायिक विकास सेवाका उपाध्यक्ष डा.प्रदमराज लामिछानेले प्रहरी निरीक्षक भाटलाई ताम्रपत्र दिएर सम्मान गरेका थिए भने महासचिव रविन्द्र थापाले रुद्राक्षको माला र खादा लगाएर बिदाइ गरेका थिए । कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायणप्रसाद चिमरियाले दिनरात नभनी मानवीय सेवा गर्ने प्रहरीले धर्म कमाउन तीर्थ जान नपर्ने बताएका छन् । उनले प्रहरी सेवालाई मर्यादित बनाउँदै आफ्नो पेशालाई राम्रो, अझ राम्रो र झन् राम्रो बनाउन पनि प्रहरीहरूलाई निर्देशन दिएका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट बिदा भएर संयुक्त राष्ट्रसंघीय मिसन सुडानमा जान लागेका प्रहरी निरीक्षक भाटले समाजका विभिन्न तह र तप्काका समाजसेवीको सहयोगमा आफ्नो ५ महिने कार्यकाल सफल भएको उल्लेख गरेका थिए । यसैगरी नयाँ आएका प्रहरी निरीक्षक पराजुलीले आपूmले पनि पीडितहरूको पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

आयोजक सामुदायिक सेवा तथा विकास समाजका उपाध्यक्ष डा.पदमराज लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस ३५ नं वडा सभापति सुवास पराजुली समाजसेवी पदमकुमार रेग्मी लगायतले बोलेका थिए ।

प्रतिक्रिया