विश्व ताइची दिवस मनाइयो

काठमाडौं । नेपाल उमा कुङफु संघले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी शनिबार विश्व ताइची दिवस मनाएको छ । शनिबारै विश्वका विभिन्न ७० राष्ट्रका १ सयभन्दा बढी शहरमा समेत विश्व ताइची दिवस मनाइएको उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् । सबै शहरमा स्थानिय समय अनुसार बिहान १० बजे उक्त दिवस मनाउन सुरु गरिएको थियो ।

सो अवसरमा धुम्बाराहीस्थित शंखपार्कमा खेलाडीलगायतले ताइची प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । ग्रेडिङमा सहभागी मनमैजु शाखा डोजोका खेलाडीलाई प्रमाणपत्र प्रदान गरियो । दिवस मनाउन करिब २ सय उमा कुङफु सम्बद्ध शंखपार्कमा भेला भएका थिए ।

त्यस्तै भारतको नयाँ दिल्लीमा गत डिसेम्बारमा भएको छैटौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान पनि गरिएको थियो । उक्त प्रतियोगितामा नेपालले ११ स्वर्ण, ६ रजत र १ कांश्य जितेको थियो ।

सूर्य लामा, रमेश नेपाली र विकास लामाले २–२ तथा श्रद्धा सुब्बा, रविन्द्र मगर, मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं र चिराग पौडेलले १–१ स्वर्ण हात पारेका थिए । श्रृष्टि श्रेष्ठ, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं, सागर तामाङ र युक्त युवाले रजत जितेका थिए भने योगराज घलेले कांस्य प्राप्त गरेका थिए । उनीहरूलाई समाजसेवी मनोज शाहीले एक कार्यक्रमबीच सम्मान गरे । (सौस)

प्रतिक्रिया