चीनले जापानलाई भन्यो : सम्बन्ध सुधारौँ

बेइजिङ १५ वैशाख । चीनले सम्बन्ध विकास र विस्तारका लागि केही गर्न जापानलाई आग्रह गरेको छ । पछिल्लो समयमा दुई देशका बीचमा बढ्दै गएको असमझदारी कम गर्नका लागि केही ठोस कदम अघि सार्न पनि चीनको आग्रह रहेको छ ।

चीन जापान सम्बन्धका विषयमा जापानी विदेशमन्त्री फुमियो किसिदाले गत अप्रिल २५ मा दिएको सन्देशमा जापान चीन सम्बन्धका विषयमा सकारात्मक टिप्पणी गरेको बताइएको थियो । उहाँले चीन जापान सम्बन्धका विषयमा यस्तो टिप्पणी गर्नुभएको बताइएको छ । विशेषगरी चीनको बढ्दो सैन्य संख्याका साथै सामुद्रिक कानुनका विषयमा पनि उहाँले सम्बन्ध विकासको कुरा गरेको बताइएको थियो । सो भाषणपछि चीनले पनि सम्बन्ध विकासका क्षेत्रमा केही गर्ने संकेत दिएको बताइएको हो ।

हामीले जापानी विदेशमन्त्रीको भाषणमा केही सकारात्मक प्रतिक्रिया देखेका छौँ अबका दिनमा पनि यसले निरन्तरता पाउन सकेमा राम्रो हुनेछ, चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले भने । जापानी विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाँले भने, हामीलाई लाग्छ हाम्रो तर्फबाट के गर्नुपर्ने हो हामी तयार नै छौँ र जापानले पनि भाषणमा आएजस्तै वार्ताका लागि उसैले नै प्रयास गर्नु जरुरी छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मंगलबार उहाँले सो धारणा राखेको हो । चीनले सधैँ शान्तिपूर्णरुपमा आफ्नो कुराहरु राख्दै आएको भन्दै तर जापानी पक्षबाट भने समझदारीका कुरा यसअघि नहुने गरेकोप्रति उनले ध्यानाकर्षण गराए ।

चीनको पूर्वी चीन समुद्र र दक्षिणी चिनियाँ समुद्रसम्बन्धी क्रियाकलापका सम्बन्धमा चीनले अघि सार्ने गरेका क्रियाकलापहरु वैधानिक रहेको चीनले दाबी गरेको छ ।

चीन र जापानबीच सो समुद्रको बारेमा विगतमा लामो समयदेखि विवाद उत्पन्न हँुदै आएको छ । सो समुद्रका कारणको विवादमा यी दुई देशले एक आपसमा दोष लगाउदै आएका छन् ।

प्रतिक्रिया