काठमाडौं, १४ वैशाख । महिला राष्ट्रिय फुटबलको सुपर लिगमा सशस्त्र प्रहरी बलको (एपिएफ)ले पूर्वाञ्चलविरुद्ध गोलको वर्षा नै गर्दै उत्कृष्ट जित आत्मसात ग¥यो । मंगलबार भएको खेलमा एपिएफले पूर्वाञ्चललाई १५–० को लज्जास्पद हार बेहोर्न बाध्य बनायो । एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा सविता भण्डारीले उत्कृष्ट प्रदर्शन गरिन् । उनी एक्लैले दोहोरो ह्याट्रिक पूरा गर्दै कुल ८ गोल गरिन् । सजना रानाले पनि हृयाट्रिक पूरा गरिन् । त्यसैगरी लक्ष्मी पुनले २ गोल गरिन् भने अनु लामा र अनिता तामाङले १–१ गोल गरिन् ।
उनले पहिलो हाफको आठौँ मिनेटमा नै गोलको खाता खोल्दै १–० को अग्रता दिलाइन् । त्यस्तै सबिताले पहिलो हाफ सकिन लाग्दा खेलको ४४औँ मिनेटमा गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरिन् । दोस्रो हाफको ६०औँ मिनेटमा गोल गर्दैै ह्याट्रिक पूरा गरिन् । त्यस्तै उनले ६४औँ, ६७औँ र ६९औँ मिनेटमा गोल गर्दै ५ मिनेटको अन्तरमा दोस्रो ह्याट्रिक पूरा गरिन् । भण्डारीले खेलको ८१औँ र ८५औँ मिनेटमा थप २ गोल गरिन् । त्यस्तै रानाले २०औँ, ४३औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
प्रतिक्रिया