फिदिममा भूकम्पको स्मरण

fidim pantharपाँचथर, १२ वैशाख । दैवीप्रकोप उद्धार समिति र रेडक्रस सोसाइटी पाँचथरको आयोजनामा गतसालको १२ वैशाखमा गएको भूकम्पको स्मरण गरिएको छ । भूकम्प गएको समयलाई विशेष समयका रूपमा लिएर भूकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा मौनधारणसहित भूकम्पको स्मरण गरिएको हो ।

फिदिमको गणतन्त्र चोकमा सरकारी कार्यालयका प्रमूखहरू, गैरसरकारी संस्थाका अध्यक्ष बालकृष्ण ओझा, शिक्षक, शिक्षिका, सञ्चारकर्मी, श्रोतव्यक्ति सावित्रीदेवी गुरुङ, व्यवसाही, जिल्लास्थित सुरक्षा अधिकारीलगायत उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो । महाभूकम्पबाट मृत्यु हुनेहरूको आत्माको सम्मानमा ठीक ११ः५६ बजे गणतन्त्र चोकमा मौनधारण गरिएको थियो ।

कोणसभा कार्यक्रमलाई जिल्लादैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुरुषोतम घिमिरेले भूकम्पबारे सचेत रहन र सबै चनाखो रहनुपर्ने बताए । घिमिरेले धन्यवादसहित समापन गरेका थिए । कार्यक्रममा स्थानीय राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया