समूह विजेता एपिएफले पूर्वाञ्चलसँग खेल्ने

apf group winner face to eastern ar super legueकाठमाडौं, १० वैशाख । जारी महिला राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरी बल९एपिएफ० क्लबले नेपाल आर्मीसँग शुक्रबार बराबरी गरेसँगै समूह विजेता बनेको छ । एन्फा कम्प्लेक्स सातदोबाटो भएको समूह चरणको अन्तिम खेलमा आर्मी र एपिएफ क्लब १–१ को बराबरीमा रोकिएका छन् । १ गोलले पछाडि परेको अवस्थामा एपिएफले उत्कृष्ट पुनरागमन ग¥यो । पहिलो हाफ नै आर्मीले अग्रता लिए पनि खेलमा स्पष्ट जित भने हात पार्न सकेन । खेलको २३औँ मिनेटमा आर्मीले गोल गर्दा एपिएफमाथि दबाब सिर्जना ग¥यो । उसका लागि दीपा राईले गोल गर्दै आर्मीलाई १–० ले अगाडि बढाएकी थिइन् । पहिलो हाफमा थप गोल हुन नसकेपछि खेलमा आर्मी १–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा एपिएफ खेलमा फर्कियो ।

दोस्रो हाफको ७७औँ मिनेटमा एपिएफकी सीता भण्डारीले गोल गर्दै खेल बराबरी पु¥याइन् । उनको गोलपछि एपिएफ र आर्मी १–१ को बराबरीमा पुग्यो । बाँकी समयमा पनि आर्मीले गोल गर्न नसकेपछि आर्मी एपिएफसँग अंक बाड्न बाध्य भयो । १ अंकसँगै एपिएफ समूह विजेता हुँदा आर्मी उपविजेतामा सीमित भयो । आर्मी र एपिएफले समूह चरणमा समान २ जित र १ बराबरी गरे पनि गोल अन्तरको आधारमा एपिएफ समूह विजेता बन्यो । समूह चरणमा एपिएफले ३१ गोल गर्दा आर्मीले ३० गोल गरेको थियो ।

सोमबार हुने सुपर लिगको पहिलो खेलमा समूह ‘ए’को विजेता नेपाल पुलिस र ‘बी’को उपविजेता आर्मीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै मंगलबार ‘बी’को विजेता एपिएफले ‘ए’को उपविजेता पूर्वाञ्चलविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया