काठमाडौं, ८ वैशाख । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा रहेका कुकुरको व्यवस्थापनको काम बुधबारदेखि सुरु भएको छ । काठमाडौं महानगरपालिकाले व्यवस्थापनका लागि केही दिनअघि तथ्यांक संकलन कार्य सकेको थियो । यसै अभियानअन्तर्गत बुधबारदेखि सिंहदरबारमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरणको काम सुरु गरिएको हो ।
महानगरपालिकाले सिंहदरबार पुनर्निर्माण समितिको सचिवालय, ह्युमन सोसाइटी इन्टरनेसनल र द जान गुडल इन्स्टिच्युटको सहयोगमा यो अभियान थालेको हो । पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले सिंहदरबारलाई कुकुरमुक्त बनाउने लक्ष्यसहित व्यवस्थापनको काम सुरु गरेको बताइन् ।
उनले भनिन्, ‘तथ्यांकअनुसार सिंहदरबारमा जम्मा १ सय २१ कुकुर रहेका छन् । यस स्थानमा रहेका सबै कुकुरलाई बन्ध्याकरणको काम गर्नु व्यवस्थापनको पहिलो चरणको काम हो ।’
प्रतिक्रिया