काठमाडौं, ४ वैशाख । पाँचथरमा जन्मेका बिर्तामोड हुँदै काठमाडौंमा आएर निरन्तर कलायात्रामा आफ्नो यात्रालाई निख्खारता ल्याउने कोसिसमा रहेका उम्दा युवा प्रतिभा हुन इसक राई । पाँचथरको फिदिम नगरपालिका ६ चोक्माबुमा जन्मेका उनी विद्यालयस्तरबाटै गीत संगीतमा लहसिएका थिए । उनका बाबु इण्डियाको लाहुरे भएर पेन्सन निस्केपछि भएका मास्टर थिए । बुबाको इच्छा थियो आपूmजस्तै लाहुरे बनाउने तर उनले त्यो भन्दा फरक बाटो समाते र लागे संगीत यात्रामा ।
उनले पहिलो पटक आयोजना भएको खोजी प्रतिभामा सहभागी भए । छनौट चरण पार गर्दै काठमाडौंसम्म आइपुगे तर सफलता पाउन सकेनन् । तर पनि उनलाई यसमा कुनै गुनासो छैन । इसक भन्छन्, ‘मैले संगीत सुनेको भरमा गीत गाउँदै हिँड्दा प्रतिस्पर्धामा कहाँबाट सफलता पाउने । म जुन स्थानसम्म आउन सके त्यो नै मेरो लागि ठूलो उपलब्धि थीयो ।’ फिदिमकै नयाँ नमुना बोर्डिङ स्कुलबाट एसएलसी परीक्षा दिएका उनले एसएलसी पास गर्नासाथ काठमाडौं आएको बताउँछन् । काठमाडौमा आएपछि लगातार संगीतको अलावा अभिनयमा समेत व्यस्त बनेका इसक बहुमुखी प्रतिभाका धनी यूवा कलाकार हुन् ।
भारतीय गायक सोनु निगमको हिन्दी गीतबाट प्रभावित भएका उनले नेपाली संगीतका नारायण गोपालको गीतले मुटुमा छुन थालेपछि नेपाली संगीतमा आपूmलाई उभ्याउने प्रयत्न जारी राखेका छन् । भर्खरै बजारमा ‘इसक’ एल्बम लिएर बजारमा आएका उनको ‘सिम्पल लिभिङ हाइ थिङकिङ’ बोलको गीतले निकै चलेको छ । एल्बमबाहेक अरुको एल्बमका लागि गीत गाउनेदेखि चलचित्रको गीतसमेत उनले गाउन भ्याइसकेका छन् । पछिल्लो समयमा विक्रम राईको शब्द तथा संगीतमा रहेको यो गीत उनको ‘इसक’ एल्बमको शीर्ष गीत रहेको छ । उनले गाएको ‘सिम्पल लिभिङ हाइ थिङकिङ’ पछिल्लो समयमा युवायुवतीका लागि बनाइएको गीत भएको समेत उनले बताए । चारवटा गीत समेटिएको इसक एल्बममा रहेको उक्त गीतमा इसकलाई मिलन अमात्यले साथ दिएकी छन् । उक्त गीतको म्युजिक भिडियो समेत युट्युवमार्फत उनले बजारमा ल्याएका छन् ।
गायनको अलावा उनले अभिनय यात्रालाई समेत जारी राखेका छन् । सुरुमा एशियन म्युजिकले बजारमा ल्याएको नयन लामाको गीतबाट मोडलिङमा डेब्यु गरेका उनले हालसम्म दर्जन बढी गीतहरुमा मोडलिङ गरिसकेका छन् । उनले नेपाली चलचित्रहरुमा समेत उत्तिकै अभिनय सुरु गरेका छन् । संगीतमा लाग्दै गर्दा उनले अनुराग म्युजिक सेन्टरबाट संगीत कक्षा लिन सुरु गरे । उनलाई अर्जुन सापकोटा तथा राम सिटौलाले संगीतको कखरा सिकाएको बताउँछन् । अभिनय भने दिपक क्षेत्रीसँगको संगतले सिकेको सुनाए ।
संगीत तथा अभिनयलाई निरन्तरता दिँदै अगाडि बढ्ने जाँगर आपूmसँग भएको बताउँदै उनले संगीतले महल जोड्न नपुगे पनि खान पुग्ने कुरामा आपूm विश्वस्त रहेको बताउँछन् । उनले भने, ‘संगीतमा लाग्ने जो कोहीले ठूलो सपना साँच्न नहुने भन्दै आपूmलाई पुग्ने मात्र सपना बोक्नु पर्छ ।’ संगीतलाई व्यवसाय बनाउने हो भने पनि यसको व्यावसायिकतालाई मर्न नदिने गरी सञ्चालन गर्नुपर्ने उनको धारणा रहेको छ । नेपाली कलाकारहरुमा सबैभन्दा ठूलो भनेको नै जीवन बचाउन गरिने संघर्ष रहेकाले आपूmलाई यो क्षेत्रको संघर्ष प्रिय लाग्ने गरेको उनको भनाइ रहेको छ ।
प्रायः स्टेजहरुमा आपूmलाई व्यस्त बनाउँदै आएका ‘इसक’ले भने, आपूmले जहिल्यै आफ्ना सिनियर गुरुहरुलाई आफ्नो सफलताको श्रेय बाँड्न इच्छुक रहेका बताएका छन् । नेपाली संगीतको लोक आधुनिकलाई आफ्नो प्याटन कायम राख्न चाहेको बताउँदै उनले नेपाली चलचित्रका गीतहरुमा समेत स्वर दिएको बताए ।
निकै वटा चलचित्रमा सर्पोटिङ रोलमा अभिनय गरेका उनले नयाँ वृत्तचित्रहरुमा समेत अभिनय गरेका छन् । इसक अभिनित नेपाली चलचित्र ‘समय मौसम’ प्रदर्शनमा आइसकेको छ भने अर्को ‘भेडीगोठ’भने प्रदर्शनमा आउन बाँकी रहेको उनले बताए । भावी दिनमा आफ्नो गीतको प्रमोसन तथा नयाँ म्युजिक भिडियोमा अभिनय गर्ने तयारीमा रहेको उनले संगीतलाई जीवनको महत्वपूर्ण पाटोमा अंगीकार गरेको बताएको छ ।
प्रतिक्रिया