रामनवमी मेला हलेसीमा दर्शनार्थीको घुइँचो

xn];Ldf eQmhgsf] eL8 lxGb", jf}4 / ls/fFt wdf{jnDaLsf] wfdL{s:yn dflgg] vf]6fªsf] xn];Ldf k"hfcfhf ug{ eQmhgsf] eL8 . xn];Ldf /fdgjdLsf] cj;/df !% lbg;Dd 7"nf] d]nf nfUg] ub{5 . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;

खोटाङ, ३ वैशाख । पूर्वमा रहेको एतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा राम नवमी मेला भव्यताका साथ सुरु भएको छ । मेलाको अवसरमा हलेसीमा दर्शनार्थीको बाक्लो भिड लागेको हो ।
रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको शुक्रबार बिहानैबाट घुइँचो लागेको छ । मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति छ । किरात, बौद्ध र हिन्दू धर्मावलम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए । उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसीमा पक्की पुल तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीमा अस्थायी बेलीब्रिज सञ्चालनमा रहेकाले हलेसी आउने दर्शनार्थीको संख्या दोब्बर वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए । ‘हलेसीसम्मको सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायतका दर्शनार्थी सिधै गाडी भाडामा लिएर आएका छन् ।’ उनले भने, ‘दर्शनार्थीको बाक्लो भिड रहेकाले मेलालाई व्यवस्थित गर्न स्वयम्सेवक परिचालन गरिएको छ ।’
मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भन, ‘हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । मेलामा लाग्ने भिडभाडलाई सुरक्षाकर्मीले व्यवस्थित गरिरहेका छन् ।’
धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाशुक्रबारा गर्न भक्तजन आउने गरेका छन् ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तीज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ । तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिए । यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल बाराहापोखरी, ट्याम्के, दिक्तेलको मझुवागढीस्थित कालिका मन्दिरमा समेत मेला लागेको छ । हलेसीबाहेक अन्य ठाउँमा एकदिने लाग्ने गरेको छ ।

प्रतिक्रिया