इलाम, १ वैशाख । यसवर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका इलाम समाचारदाता भीम चापागार्इं पुरस्कृत भएका छन् । मेची अञ्चललाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष वैशाख १ गते प्रदान गरिँदं आएको पुरस्कार चापागार्इंलाई प्रदान गरिएको छ ।
स्वर्गीय राईको १३औँ स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले पत्रकार चापागार्इंलाई दोसल्ला, प्रमाणपत्र र नगद ५ हजार रुपैयाँ प्रदान गरेका थिए । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको ०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।
सुलुबुङ–३ इलाममा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरूले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा ०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो । यसअघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल र युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, पाँचथरका गणेश साङपाङ, झापाका मोहन काजी र रमेश समदर्शी राई र ताप्लेजुङका आनन्द गौतम पुरस्कृत भइसकेका छन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया