काठमाडौं, १ वैशाख । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधानका बारेमा व्यक्त भइरहेको असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् । दिशानिर्देश क्लबको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले असन्तुष्टि आउनु स्वभाविक भएको भन्दै असन्तुष्टिलाई सम्बोधन गर्नेगरी प्रमुख दल एक ठाउँमा आउनुपर्ने धारणा राखे ।
‘संविधान जारी गर्ने चुनौती जसरी सबै दल एक ठाउँमा उभिएर पूरा गरे, संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि त्यसैगरी पूरा गर्नुपर्छ’ उनले भने । नेता नेम्बाङले कांग्रेससहितको सरकार बन्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पार्टी सत्ता पक्ष र कुनै पार्टी प्रतिपक्ष हुन नहुने धारणा राखे ।
कार्यक्रममा उपप्रधानमन्त्री सिपी मैनालीले केही दल तथा समुदायबाट प्रकट भइरहेको असन्तुष्टि सम्बोधन गर्न सरकारले बनाएको संयन्त्रमा सहभागी भएर माग पूरा गराउन आग्रह गरे । उनले मधेसी दलले उठाएका केही माग रहस्यमय भएको टिप्पणी गरे ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान जारी गर्न केही दिन ढिला गरेको भए अहिलेको जस्तो चर्को असन्तुष्टि व्यक्त नहुने धारणा राखे । उनले केही दिन ढिला ग¥यो भने संविधान बन्दैन भन्ने त्रासको मानसिकताले हतारहतारमा संविधान जारी गरेकाले असन्तुष्टि बढेको उनको तर्क थियोे ।
प्रतिक्रिया