काभ्रे, ३० चैत । काभ्रेको बनेपामा सिलाइ कटाइ पसलमा सोमबार राती कपडामा लाउने आइरन अफ नगर्दा आगलागी भएको छ । पसलमा रहेको आइरन अफ नगरी छाडनाले विद्युत् सर्ट भई बनेपा–५ मा प्रमिला बादेको पसलको सबै समान जलेर नष्ट भएको छ ।
स्थानीय गंगासागर श्रेष्ठको घरमा २ वर्षदेखि भाडामा पसल सञ्चालन गर्दै आएकी बादेले आइरन विद्युत्मा जोडेकै अवस्थामा सटर बन्द गरेर हिँडेपछि रातको समयमा आइरनबाट करेन्ट सर्ट भएर आगोलागेको स्थानीयले बताए ।
आगोले नजिकै रहेको पाल्पाका पूर्ण मगरले थापेको उग्रचण्डी कोल्ड स्टोरको पसल पनि जलेर नष्ट भएको छ । २ पसलमा रहेको सामानहरू आगोले नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ ।
आगलागीमा मानवीय क्षति भने हुन पाएन । रातको समयमा लागेको आगो निभाउन प्रहरी र स्थानीयको सहयोगमा बिहानीपख मात्रै नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया