उदयपुर, २९ चैत । प्रेस चौतारी नेपाल उदयपुरले सोमबार पत्रकार स्व. सचिन भट्टराईको वार्षिक पूण्यतिथिको अवसरमा ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापनाको घोषणा गरेको छ ।
चौतारीले सोमबार बिहान श्रद्धाञ्जलीसभा गरी १ लाख रुपैयाँ अक्षयकोषबाट वार्षिक रूपमा ५ हजार ५ सय रुपैयाँ राशिको पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
चौतारीका केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेत र जिल्ला अध्यक्ष बबिता परियारले आफ्नो संगठन र अन्य दाताबाट १ लाख रुपैयाँ संकलन गरेको जानकारी दिएका छन् ।
त्यसबाट वार्षिक आउने व्याज पुरस्कार स्वरूप जिल्लाका सक्रिय पत्रकारमध्येबाट राम्रो काम गर्ने १ पत्रकारलाई प्रत्येक वर्ष चौतारीको स्थापना दिवस २२ माघमा पुरस्कृत गरिनेछ ।
भट्टराई प्रेस चौतारीका कोषाध्यक्षसमेत थिए । गतवर्ष सुनसरीको इटहरीस्थित आपगाछीमा कामविशेषले पुग्दा भट्टराईलाई रात्रिको समयमा एम्बुलेन्सले ठक्कर दिँदा मृत्यु भएको थियो ।
प्रतिक्रिया