संविधानमा अधिकार कटौती गरियो : तामाङ

काठमाडौं, २८ चैत । नेकपा क्रान्तिकारी माओवादीका नेता सीताराम तामाङले नयाँ संविधान विभेदकारी रहेको विचार व्यक्त गरेका छन् । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको ‘वर्तमान संविधानमा आदिवासी, जनजाति तथा मधेसीलगायतका अधिकार’ विषयको अन्तत्र्रिmयामा नेता तामाङले संविधानले आदिवासी, जनजाति, थारू, मधेसी, तामाङ, नेवारलगायत उत्पीडित समुदायको अधिकार कटौती गरिएको जिकिर गरे ।

कांग्रेसका नेता तथा पूर्वसांसद रामजीवन सिंहले संविधानमा आफ्नो अधिकार सुनिश्चितताका लागि संघर्ष नै एक मात्र विकल्प रहेको बताए । तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य डा. शंकरलाल चौधरीले अधुरो संविधान कुनै पनि हालतमा लागू हुन नसक्ने जिकिर गरे । कार्यक्रममा अधिवक्ता महेश्वरप्रसाद चौधरीले ‘नेपालको संविधान, २०७२ र यसका चुनौतीहरू’ तथा थारू विद्यार्थी समाजका पूर्वअध्यक्ष चन्द्रनारायण थारूले ‘नेपालको संविधान–२०७२ र राष्ट्रियताको सवाल’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया