प्रन्धानन्यायाधीशमा कार्की सिफारिस

sushila_karkiकाठमाडौं, २८ चैत्र । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँंझ बसेको बैठकले कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । कार्की सर्वोच्च अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीश हुन् ।

परिषद्को आइतबार बिहान बसेको बैठक सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण निर्णयविहीन भएको थियो । आइतबार दिउँंसो प्रधानमन्त्री केपी शर्मा ओली सभामुख घर्ती भर्ना भएको अस्पताल पुगी निर्णयका लागि सहमति जुटाएका थिए ।

प्रधानमन्त्री ओलीले सभामुख घर्तीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै प्रधानन्यायाधीश नियुक्तीको सिफारिसका लागि परामर्श गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

कार्कीको नियुक्ती संसदीय सुनुवाईपछि हुनेछ । कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्नेछिन् । वर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठले यसै महिनाको अन्तदेखि उमेरहदका कारण अवकाश पाउने भएका छन् ।

प्रतिक्रिया