वित्तीय संस्थाका गार्डलाई सुरक्षा सचेतना कक्षा

pachthar (1)पाँचथर, २८ चैत । जिल्ला प्रहरीले पाँचथरमा रहेका बैंक तथा वित्तीय संस्थाका गार्डलाई सुरक्षा विषयक जनचेतना दिएको छ । शनिबार बैंक तथा वित्तीय संस्थाका सुरक्षा गार्डहरूलाई सुरक्षासम्बन्धी कक्षा सञ्चालन गरेको प्रहरीले जनाएको छ । सचेतनामा फिदिम नगरपालिकाभित्रका १० वटा बैंकका ३५ जना सुरक्षा गार्ड सहभागी थिए । कार्यक्रममा बैंकका प्रमुखहरूलाई समेत समावेश गाराइएको थियो ।

pachthar (3)वित्तीय संस्थाका गार्ड र कर्मचारीलाई बैंक तथा वित्तीय संस्थामा लुटपाट तथा डकैति भए कसरी सुरक्षित रहने भन्नेबारे सिकाइएको थियो । बैंक तथा वित्तीय संस्थामा आउने कुनै शंकास्पद व्यक्तिलाई कसरी निगरानी गर्ने भन्नेलगायत सुरक्षासम्बन्धी अन्य विविध विषयमा सम्बन्धित भिडीयो समावेश गरी प्रशिक्षण दिइएको थियो । सहभागीलाई प्रहरी निरीक्षक बिजय श्रेष्ठले सहजीकरण गरेका थिए । सुरक्षा गार्डहरूलाई बिहान दिउसो गरी दुई चरणमा प्रहरीको सभाहलमा कक्षा सञ्चालन गरिएको थियो ।

pachthar (4)बजारमा आर्थिक कारोबार बढी हुने बैंक तथा वित्तीय संस्थाको सुरक्षामा हुन सक्ने खतरालाई मध्यनजर गरी ती संस्थामा कार्यरत सुरक्षा गार्डहरूलाई सुरक्षासम्बन्धी अनुशिक्षण कक्षा सञ्चानल गरिएको हो ।

pachthar (2)जिल्ला प्रहरी कार्यालयले स्कुल तथा क्याम्पसहरूमा मोवाइल र फेसबुकजस्ता सामाजिक सञ्जालबाट हुने ठगी र प्रविधिले हुने दुर्घनाटाबारे र अपराधलगायत महिला हिंसासम्बन्धी गाउँगाउँमा आफ्नै स्रोतसाधनमा डिएसपी कृष्णप्रसाद कोइरालाले सचेतना अभियान सञ्चालन गरिरहेका छन् । उनले नगरका ढल र नालीहरू सरसफाईमा पनि अगुवाइ गरिरहेका छन् ।

प्रतिक्रिया